5 years ago
October 1, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीका मिडफिल्डर रोस बार्कले आश्चर्यचकित रुपमा प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।

एस्टन भिल्लाले २६ वर्षीय बार्कलेलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा अघिल्लो सिजन ३१ खेलमा मौका पाएपनि यो सिजन चेल्सीले काई हाभर्टज र हाकिम जियाचलाई अनुबन्ध गरेपछि उनले पहिलो रोजाईमा खेल्ने सम्भावना न्युन बनेपछि उनले निरन्तर पहिलो रोजाईमा खेल्नकै लागि भिल्ला रोजेका हुन् ।
चेल्सीले यो समरमा ८९ मिलियन पाउन्डमा काई हाभर्टज तथा ३८ मिलियन पाउन्डमा जियाचलाई अनुबन्ध गरेको थियो । बार्कलेले गत सिजन प्रिमियर लिगमा दुई पटक मात्रै सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । अब उनी २०२०–२१ को सिजनको लागि भिल्ला पार्कमा प्रशिक्षक डिन स्मिथ र सहायक प्रशिक्षक जोन टेरीसँग रहनेछन् ।

भिल्लाका व्यवस्थापक डिन स्मिथले रस बार्कले जस्तो खेलाडी समात्न सक्नु क्लबको लागि वास्तविक सफलता रहेको बताउँदै उनको आगमनले टोलीको प्रदर्शनमा सुधार आउनेमा विश्वस्त रहेको बताएका छन् । भिल्लाका कप्तान ज्याक ग्रेलिसले उनको आगमनले टोलीको प्रदर्शन राम्रो हुने बताएका छन् ।
बार्कले नयाँ सिजनमा कारवाओ कपको तेस्रो चरणमा बान्र्सलेविरुद्धको खेलमा मात्रै अवसर पाएका थिए । उनले उक्त खेलमा गोलसमेत गरेका थिए । मंगलबार राति चौथो चरणको टोटेनहमविरुद्धको खेलमा भने उनी बेञ्चमा रहेका थिए । उक्त खेलमा चेल्सी पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएको थियो ।

इंग्लिस मिडफिल्डर बार्कले चेल्सीका लागि ८६ खेलमा ११ गोल गरेका छन् । उनी २०१८ जनवरीमा १५ मिलियन पाउन्डमा एभर्टनबाट स्टामफोर्ड ब्रिज आएका थिए । उनले इंग्ल्यान्डबाट ३३ खेलमा ६ गोल गरेका छन् ।
बार्कलेले बिहीबार राति हुने कारवाओ कपको चौथो राउन्डको स्टोक सिटीविरुद्धको खेलबाट भिल्लाबाट डेब्यु गर्ने सम्भावना रहेको छ । भिल्लाले प्रिमियर लिगमा दुई खेलमा जित हात पारिसकेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]