default_image

5 years ago

October 1, 2020

डर्टमुन्डलाई हराउदै बायर्न सुपर कप च्याम्यियन

186 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको निकटतम प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै जर्मन महारथी बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो । एलिएन्ज एरिनाको बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किम्मिचले गोल गरे । डर्टमुन्डका जुलियन ब्रान्ड र एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि हार टार्न सकेन ।

बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बायर्नले घरेलु मैदानमा खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोको गोलबाट अग्रता लिएको थियो । उनले काउन्टर अट्याकमा अलफन्सो डाभिसबाट किङ्सले कोमान, थोमस मुलर र रोबर्ट लेवान्डोस्की हुदै आएको पासलाई दोस्रो प्रयासमा गोल गरेका थिए ।

उनको पहिलो प्रयास गोलरक्षक मार्विन हिट्जले बचाउदै क्रसबारमा लाग्दै फर्किएको बललाई जाली चुमाएका थिए । २२औं मिनेटमा जोसुवा किम्मिच चुक्दा बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो ।
३२औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले अलफन्सो डाभिसको क्रस पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

३९औं मिनेटमा जुलियन ब्रान्डले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । एर्लिङ ब्राउट हालान्डको पासमा ब्रान्डले उत्कृष्ट फिनिस गर्दा बायर्नका गोलरक्षक म्यानुयल नोयरले रोक्ने कुनै मौका नै पाएन ।

५५औं मिनेटमा हालान्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । थोमस डिलानेको चलाखीपुर्ण पासमा हालान्डले वान भर्सेस वानको अवस्थामा नोयरलाई बिट गर्दै गोल गरेका थिए । ५९औं मिनेटमा हालान्डले गोलको अवसर चुकाउदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । ८२औं मिनेटमा किम्मिचले गोल गर्दै बायर्नलाई ३–२ को अग्रता दिलाए ।

उनले लेवान्डोस्की र किम्मिचको उत्कृष्ट तालमेलमा किम्मिचले दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । पहिलो प्रहारलाई गोलरक्षक मार्विन हिट्जले बचाएपनि उनले आफु लडेकै अवस्थामा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न ३–२ ले विजयी हुदै च्याम्पियन बन्न सफल भयो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.