5 years ago
October 1, 2020
एजेन्सी – सब्सिच्युट ब्राजिली खेलाडी भिनिसियसको निर्णायक गोलमा साविकको विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि कठिन जित निकालेको छ ।

घरेलु मैदानमा रियलले भालाडोलिडमाथि १–० को संघर्षपुर्ण जित हात पारेको हो । अल्फ्रेडो डि स्टेफानोमा बल पोेजेसनमा बलियो पकड बनाएपनि रियलले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
भिनिसियसले मैदान छिरेको आठ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । अग्रपङ्तिमा करिम बेन्जेमा र लुका जोभिक रहेपनि उनीहरु गोल गर्न असमर्थ रहे । खेलको १०औं मिनेटमा मार्सेलोको प्रहारलाई भालाडोलिडका डिफेन्डरले ब्लक गरेपनि रिवाउन्डमा फेडरिको भाल्भर्डेको प्रहारलाई गोलरक्षक राबेर्टाेले उत्कृष्ट बचाउ गर्दा घरेलु टोली रियल अग्रता लिनबाट चुकेको थियो ।

१७औं मिनेटमा भाल्भेर्डेको क्रसमा लुका जोभिकले नियन्त्रणमा लिन नसक्दौ गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा रियलले अग्रता लिन सकेन । ३५औं मिनेटमा लुका जोभिकले सुवर्ण अवसर पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।
४८औं मिनेटमा जोभिक पुन चुक्दा रियलले पनि अग्रता लिन सकेन । कर्नरबाट आएको बललाई जोभिकको हेडरलाई गोलरक्षक रोबर्टाेले उत्कृष्ट बचाउ गरे । त्यसकै रिवाउन्डमा क्यासमिरोको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ५४औं मिनेटमा वेइसमानको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुले उत्कृष्ट बचाउ गर्दै भालाडोलिडको अग्रता टारे ।
५७औं मिनेटमा रियलले एकपटक तीन खेलाडी परिवर्तन गरेपछि रियलले खेलमा थप पकड बनाएको थियो । रियलले अल्भारो ओर्डिजोला, इस्को र लुका जोभिकलाई परिवर्तन गर्दै उनीहरुको स्थानमा ड्यानिल कार्भाजल मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई मैद्यान छिराएका थिए ।
भिनिसियले मैदान छिरेको ८ मिनेटभित्र नै गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । हुलमुलमा आफैले विपक्षी खेलाडीबाट खोसेको बललाई फेडरिकोले प्रहार गर्न खोज्दा विपक्षी खेलाडीबाट आएको पासमा उनले ६५औं मिनेटमा कुल फिनिस गरेका थिए । ६९औं मिनेटमा कोर्टुवाले टाइट एंग्लबाट भालाडोलिडको प्रहारलाई पञ्च गर्दै बचाए ।
७३औं मिनेटमा वाल्डो रुवियोको ३० यार्ड टाढाको प्रहारलाई कोर्टुवाले पञ्च गर्दै बराबरी टारे । ७७औं मिनेटमा रिउल अग्रता दोब्बर पार्नबाट चुक्यो । बेन्जेमाले अघि बढाउदै भिनिसियसलाई दिएको पासमा भिनिसियसले प्रहार गर्न ढिला गर्दा डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो । इन्ज्युरी सयममा भिनिसियस जुनियरले सुन्दर अवसर पाएपनि उनको चिप प्रहारलाई रोबर्टाेले सहजै नियन्त्रणमा लिए ।
जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ । समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।
अन्य नतिजा
एसडी हुएस्काविरुद्ध एट्लेटिको म्याड्रिड (०–०), भिल्लारियलविरुद्ध डिपोर्टिभो एलाभेस (३–१), एइवरविरुद्ध इल्चे (०–१)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]