5 years ago
October 1, 2020
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा आ–आफ्नो टोलीविरुछ सफलता आत पार्दै सिटी र युनाइटेडले अन्तिम आठको यात्रा तय गरेको हो ।
इंग्लिस फरवार्ड रहिम स्ट्रलिङको दुई गोल सहयोगमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० ले पराजित गर्दै कारवाओ कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । सिटीले बर्नलीलाई उसकै मैदानमा सहज जित हात पारेको हो । सिटीको सहज जितमा थप एक गोल फेरान टोरेसले गरेका थिए ।
बुधबार राति भएको एकपक्षीयमा खेलमा सिटीले खेलको ३५औं मिनेटमा रहिम स्ट्रलिङको गोलबाट अग्रता लिएो थियो । उनले बेन्जामिन मेन्डीको पासलाई सदुपयोग गरेका थिए ।
४९औं मिनेटमा रहिमले फेरना टोरेसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा फेरान टोरेसले रहिमको पासमा गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।
यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले पनि ब्राइटनमाथि ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याकटोमिने, जुआन माटा र पल पोग्वाले गोल गरे । ब्राइटनको मैदानमा युनाइटेडले खेलको ४४औं मिनेटमा स्कट म्याकटोमिनेलेको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
७३औं मिनेटमा जुआन माटाले डानी भान डि बिकको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ८०औं मिनेटमा पल पोग्वाले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]