default_image

5 years ago

October 1, 2020

लेविनको ह्याट्रिकमा एभर्टनको फराकिलो जित

233 views

0 Bookmark

एजेन्सी – डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक पुरा गरेपछि एभर्टनले वेस्टह्यामाथि फराकिलो जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदान गुडिसन पार्कमा बुधबार राति भएको खेलमा एभर्टटनले वेस्टह्यामाथि ४–१ को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । खेलमा लेविनले ह्याट्रिक पुरा गर्दा ब्राजिली रिचार्लीसनले एक गोल थपे । वेस्टह्यामका रोबर्ट स्नोडग्रासले एक गोल फर्काए ।

खेलको ११औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले माइकल किनको पासमा गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ४६औं रोबर्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५६औं मिनेटमा रिचार्लीसनले हामेस रोड्रिग्वेजको पासमा गोल गर्दै एभर्टनलाई खेलमा २–१ ले अघि बढाए । ७८औं मिनेटमा लेविनले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एभर्टनले खेलमा ३–१ को अग्रता लिन सफल भयो ।

८४औं मिनेटमा लेविनले गिल्फी सिगुर्डसनको पासमा ह्याट्रिक पुरा गर्दै एभर्टनलाई ४–१ को सानदार जित दिलाए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.