default_image

5 years ago

October 1, 2020

चलेन सुआरेजको जादु

142 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना छोडेर एटलेटिको म्याड्रिड गएका फरवार्ड लुइस सुआरेजले पहिलो खेलमा सानदार प्रदर्शन गरेपनि दोस्रो खेलमा भने त्यसलाई निरन्तरता दिन सकेनन् ।

आइतबार भएको खेलमा ग्रानडाविरुद्ध डेब्यु गर्ने क्रममा सुआरेजले मैदानमा जम्मा २० मिनेट बिताएपनि २ गोल र १ असिस्ट प्रदान गरेका थिए । उनी खेलको ७० औं मिनेटमा डिएगो कोस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रशिक्षक सिमिओनीले बुधबार भएको लिग खेलमा हुएस्काविरुद्ध पहिलो रोजाइमा उतारेपनि सुआरेजले प्रभाव जमाउन सकेनन् ।

एटलेटिको लिगको दोस्रो खेलमा भने गोलरहित बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो । यसै सिजन माथिल्लो श्रेणीमा बढुवा भएको टोलीको मैदानमा एटलेटिकोले सहज जित आत्मसात गर्ने अनुमान रहेको थियो । तर आक्रमणमा फितलो प्रदर्शन भएपछि म्याड्रिड टोलीले ३ अंक जोड्न सकेन ।

पहिलो पटक सुरुवाती ११ मा खेल्दा सुआरेजलाई तालमेल मिलाउन पनि कठिन भएको थियो । विंगर भिटोलोले खेलमा पाएको सुवर्ण अवसर खेर फाल्दा टोलीले अग्रता लिन चुकेको थियो । जोआओ फेलिक्ससँग पनि सुआरेजको समझदारी मिल्न सकेको थिएन । फेलिक्सको पासलाई सुआरेजले नियन्त्रणमा लिन नसक्दा गोल गर्ने अवसर चुकेको थियो ।

सुआरेज खेलको ६२ औं मिनेटमा बाहिरिएका थिए । प्रशिक्षक सिमिओनीले उनको स्थानमा डिएगो कोस्टालाई मैदान छिराएका थिए । सिमिओनीले हालसम्म कोस्टा र सुआरेज दुवैलाई एकसाथ भने खेलाएका छैनन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.