default_image

5 years ago

October 1, 2020

लिभरपुल र आर्सनल भिड्दै

201 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगका दुई चिर परिचित प्रतिद्धन्द्धी लिभरपुल र आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रतिस्पर्धा गर्दैछ ।

खेल एनफिल्डमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु मैदानमा लिभरपुल आर्सनललाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । गत मंगलबार राति प्रिमियर लिगमा पनि ३–१ को सहज जित पाएकाले लिभरपुल सोही जितको लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।
लिभरपुलको मुख्य हतियार साडियो माने र मोहमद सलाहको आक्रामक जोडी हुनेछ ।

यी दुईसँगै रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, फाविन्हो, नावी केइटा, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर टोलीमा हुनेछन् । प्रशिक्षक क्लोप वर्षको पहिलो उपाधिका लागि बलियो टोली उतार्ने पक्षमा छन् ।

यता, आर्सनल पनि गत मंगलबार प्रिमियर लिगको भोगेको हारको बदला लिदै क्वाटरफाइनल पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ । प्रिमियर लिगमा आर्सनलले अग्रता लिएर पनि पराजित हुन पुगेको थियो । सोही गल्तीलाई सुधार्दै आर्सनल लिभरपुललाई पराजित गर्ने दाउमा हुनेछ ।

आर्सनलका लागि कप्तान पिएर इमरिक औवामियाङ, विलियन, एलेक्सान्द्र लाकाजेट, ग्रानिट झाँका, डेभिड लुइज, रोब होल्डिङ र बर्न्ड लेनो रहनेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.