5 years ago
October 1, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज बिहीबार राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । साविकको उपविजेता क्याटलान क्लब सेल्टा डि भिगोको भ्रमणमा निस्कदा सेभिया र लेभान्टे तथा एथ्लेटिको बिल्वाओ र काडिजबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

सेल्टा र बार्सिलोनाबीचको खेल एवान्का बालाइडोस भिगोमा नेपाली समयअनुसार राति १ः१५ बजे हुनेछ । तीन खेल सम्म अपराजित रहेको सेल्टा घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै कम्तीमा पनि अर्काे राउन्ड सम्मको लागि शीर्षस्थानमा उक्लले दाँउमा हुनेछ ।
तीन खेलबाट ५ अंक जोडेको सेल्टाले बार्सिलोनालाई हराउन सके ८ अंक जोड्दै शीर्षस्थानमा रहेका गेटाफे, भ्यालेन्सिया, रियल म्याड्रिड र भिल्लारियललाई एक अंकले पछि पार्नेछ । सेल्टा यही लक्ष्यमा हुनेछ ।
सेल्टाको यो लक्ष्यमा इगो आस्पास, सान्टी मिना, रेनाटो टापिया, डेनिस सुआरेज, नोलिटो, फ्रान बेल्ट्रान, लुकास ओलाजा, ह्युगो मालो र गोलरक्षक इभान भिल्लार हुनेछन् । तर, बार्सिलोनाविरुद्धको खेल सेल्टालाई कठिन नै हुनेछ ।
यता, सुपरस्टार लियोनेल मेस्सी सम्मिलित बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहँदा सेल्टालाई उसकै मैदानमा पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पहिलो खेलमा भिल्लारियलमाथि ४–० को सहज जित निकालेको बार्सिलोना सोही प्रदर्शनलाई सेल्टाविरुद्धको खेलमा पनि निरन्तरता दिने दाउमा हुनेछ ।

बार्सिलोनासँग कप्तान मेस्सीसँगै युवा प्रतिभा अन्सु फाती, एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, सर्जियो रोबर्टाे र गोलरक्षक नेटो हुनेछन् । यस्तै औसमाने डेम्वेले, पेड्री, मिरालेम प्यानिच र ट्रिन्काओले पनि सेल्टाविरुद्धको खेलमा मौका पाउन सक्नेछन् ।
यि दुई टोली हालसम्मा १८ पटका आमने सामने हुदा बार्सिलोनाले ९ खेल आफ्नो पक्षमा पारेको छ । चार खेल सेल्टाले जित्दा ५ खेल बराबरीमा सकिएको छ । गत सिजनको दुई खेलमध्ये एक खेलमा बार्सिलोना ४–१ ले विजयी हुँदा अर्काे खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । त्यसअघि ५ मे २०१९ को ला लिगामा सेल्टाले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो ।
अन्य खेल
एथ्लेटिको विल्वाओविरुद्ध काडिज (राति २२ः४५ बजे), सेभियाविरुद्ध लेभान्टे (राति २२ः४५ बजे)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]