default_image

5 years ago

October 2, 2020

बायर्नलाई नकार्दै डेस्ट बार्सिलोना पुगे

120 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच क्लब आयाक्सका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले १९ वर्षीय राइट ब्याक सर्जिनोलाई ५ वर्षको लागि २१ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । यसबाहेक उनले ५ मिलियन युरो बोनसको रुपमा पाउनेछन् । बार्सिलोनाले डेस्टलाई बिहीबार सार्वजनिक गरेको हो । उनको सम्झौता २०२५ सम्म रहनेछ ।

यस्तै बार्सिलोनाले डेस्टको रिलिज क्लज ४०० मिलियन युरो तोकेको छ । डेस्ट अनुबन्ध गर्न जर्मन महारथी बायर्न म्युनिखले प्रयास गरेपनि डेस्टको रोजाइका कारण बार्सिलोनाले बाजी मारेको हो । आयाक्सले बायर्न र बार्सिलोना दुवैको प्रस्ताव स्वीकार गरेपछि डेस्टले क्लब रोज्ने विकल्प प्राप्त गर्दा बार्सिलोना रोजेका हुन् ।

डच क्लब अल्मेर सिटी हुँदै आयाक्सको युथ एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका डेस्ट २०१८ मा आयाक्सको रिजर्भ टिममा रहेका थिए । त्यसको एक वर्षपछि आयाक्सको सिनियर टोलीमा स्थान बनाएका डेस्टले अघिल्लो सिजन दुई गोल गर्नुका साथै ६ असिस्ट दिएका थिए ।

यसै समरमा राइट ब्याक नेल्सन सेमेडोलाई इंग्लिस क्लब वल्भ्समा पठाएपछि बार्सिलोना नयाँ राइट ब्याकको खोजीमा रहेको थियो । जसमा प्रशिक्षक रोनाल्ड कोम्यानले उनलाई पहिलो प्राथमिकतामा राखेको थियो । डेस्टको शैलीलाई बार्सिलोनाका पुर्व ब्राजिली राइटब्याक ड्यानी आल्भेसको खेल्ने शैलीसँग तुलना गर्न थालिएको छ ।

डेस्ट यसै महिना बार्सिलोनाको प्रशिक्षणमा जोडिनेछन् । यि टिनेजरले बार्सिलोनाबाट राइट अथवा लेफ्ट जुनसुकै पोजिसनबाट खेल्न सक्ने क्षमता राख्दछन् । उनले या सिजन आयाक्सबाट तीन खेल खेलिसकेका छन् ।

अमेरिकन बुवा र डच आमाबाट नेदरल्यान्डमा जन्मिएका डेस्टले अमेरिकाको उमेर समुह यु–१७ र यु–२० टोली हुदै राष्ट्रिय टोलीबाट तीन खेल खेलिसकेका छन् । उनी २०१९ देखि अमेरिकाको राष्ट्रिय टोलीमा रहेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.