default_image

5 years ago

October 1, 2020

च्याम्पियन्स लिग ‘ड्र’ आज

206 views

0 Bookmark

एजेन्सी – नयाँ सिजन सन् २०२०–२१ को युइएफए च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ आज राति हुँदैछ ।

जेनेभामा हुने समूह विभाजन नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) मा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिने छ ।

च्याम्पियन्स लिगमा ८ समूहका लागि विभिन्न देशका ३२ टिमको नाम विभिन्न चार पोटमा राखिने छ । जसमा पहिलोमा गएको सिजन च्याम्पियन्स लिग र युरोपा लिगको विजेतासँगै युइएफएमा आबद्ध शीर्ष ६ देशबाट विजेता टिम राखिने छ ।

बाँकी तीन पोटमा युइएफए वरियताकै आधारमा टिमहरुको नाम राखिनेछ । जसअनुसार समूह तालिका निर्धारणका लागि पहिलोमा बायर्न म्युनिख, सेभिया, रियल म्याड्रिड, लिभरपुल, युभेन्ट्स, पेरिस सेन्ट जर्मेन (पीएसजी), जेनिथ सेन्ट पिटर्सबर्ग र पोर्टो छन् ।

दोस्रोमा बार्सिलोना, एथ्लेटिको मड्रिड, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, शख्तर डोनेस्क, बोरुसिया डर्टमुन्ड, चेल्सी र आयाक्स छन् । तेस्रोमा डायनामो किभ, साल्जवर्ग, आरबी लाइप्जिग, इन्टर मिलान, ओलम्पियाकोस, लाजियो, क्रस्नोडार र एटलान्टा छन् ।

चौथोमा लोकोमोटिभ मस्को, मार्से, क्लब ब्रुग, बोरुसिया मोन्चेग्लाडवाक, स्तानबुल बासाकेसिर, मिड्जेल्याण्ड, रेनेस र फेरेनजारोस छन् । यसपटक च्याम्पियन्स लिग इतिहासमा नै पहिलो पटक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको टोली समूह चरणमा नै एक आपसमा भिड्ने सम्भावना पनि रहेको छ ।

गत सिजन जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यो सिजनको च्याम्पियन्स लिग समूह चरणका खेल २० अक्टोवरदेखि शुरु हुनेछ ।

सोही समारोहमा वर्षका उत्कृष्ट खेलाडीहरुलाई अवार्ड पनि दिइनेछ । जसमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडीलगायत विभिन्न १२ विधा छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.