5 years ago
October 2, 2020
एजेन्सी – लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार नेयमार र मार्सेका स्पेनिस खेलाडी अल्भारो गोन्जालेजले थप कारवाही नगर्ने भएका छन् ।

मार्सेविरुद्ध १–० ले पराजित भएको खेलको अन्त्यतिर दुई टोलीबीचको हात हालाहालको अवस्था सिर्जना हुदा नेयमारले पनि गोन्जालेजलाई पछाडिबाट हातले हिर्काएका थिए । उक्त खेलमा दुवै टोलीका नेयमार र गोन्जालेजसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए ।
गोन्जालेजलाई हिर्काएको विषयमा नेयमारले सामाजिक सन्जालबाट जातीय दुर्व्यवहार गरेका कारण हात हाल्नु परेको बताएका थिए । यस विषयमा अनुशासन समितिले अध्ययन गर्दै भिडियो फुटेज, खेलाडी र क्लबका प्रतिनिधिसँगको अध्ययनपछिको रंगभेद र भेदभाव गरेको भन्ने पर्याप्त आधार नरहेको निष्कर्ष निकाल्दै उनीहरुलाई सफाई दिएका हुन् ।
अनुशासन समितिको निर्णयमा मार्सेले सन्तुष्ट प्रकट गरेका छन् । ‘अल्भारो जातियवादी नरहेको र उनीमाथि लगाइएको आरोप अन्यायपुर्ण र निराधार छ । मार्से जातिय नस्लवादको विरोधी क्लब हो र रहनेछ,’ मार्सेले ट्वीट गरेको छ ।
यस्तै खेलपछि मार्सेले आफ्नो जापानी डिफेन्डर सकाईमाथि पनि जातीय भेदभाव गरेको आरोप लगाएको थियो । यस विषयमा पनि अनुशासन समितिले अध्ययन गर्दा पर्याप्त आधार नभेटेको बताएको छ ।
गोन्जालेजलाई हिर्काएकै कारण नेयमारले दुई खेलको प्रतिबन्ध बेहोर्दै प्रतिबन्ध फुकुवा भएर खेलमा फर्किसकेका छन् । गोन्जालेजलाई पनि दुई खेलकै प्रतिबन्ध लगाएको थियो ।
यस्तै पीएसजीका लेभिन कुर्जावा र मार्सेका लियान्द्रो पारेडेसलाई समान ६ खेलको प्रतिबन्ध सुनाइएको थियो । यस्तै पीएसजीका एन्जल डि मारियालाई थप अध्ययन गर्दै ५ खेलको प्रतिबन्ध सुनाइएको छ ।
मार्सेका जोर्डन एमाभीलाई तीन खेलको तथा डारियो बेनेडेट्टोलाई एक खेलको प्रतिबन्ध सुनाइएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]