5 years ago
October 2, 2020
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्सपरले युरोपा लिग छनोटको प्लेअफ खेलमा मक्काबी हाइफालाई ७-२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

टोटेनहमले खेलको दोस्रो मिनेटमा नै केनको गोलमा अग्रता लिएको थियो । बेन डेभिसको क्रसमा केनले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरे । १७ औं मिनेटमा जारोन चेरीले झन्डै २५ यार्ड टाढाबाट सानदार गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको ३ मिनेटपछि नै टोटेनहमले लुकास मोउराको गोलमा अग्रता लियो ।
३६ औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रभित्र पाहुना टोलीका खेलाडीले बल क्लियर गर्न नसक्दा डेभिसले मिलाइदिएको पासमा लो सेल्सोले पहिलो टचमा नै गोल गरे । त्यसको तीन मिनेट नबित्दै लो सेल्सोले व्यक्तिगत दोस्रो गोल थपे । केनले मिलाएको पासलाई उनले पहिलो टचमा नियन्त्रण लिँदै गोलरक्षकको टाउको माथिबाट गोलमा परिणत गरे ।
दोस्रो हाफको सुरुवातमा हाइफाले पेनाल्टी पायो । म्याट डोहर्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा निकिता रुकविस्ताले गोल गर्दै गोलको अन्तर घटाए । तर ४ मिनेटपछि टोटेनहमले पनि ह्यान्डबलकै कारण पेनाल्टी पायो । केनले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे ।

खेलको ७४ औं मिनेटमा केनले आफ्नो ह्याट्रिक पूरा गरे । स्टिभन बर्गवाइनको पासलाई पहिलो टचमा नै गोलरक्षकको टाउको माथिबाट चिप गर्दै केनले ६-२ को अग्रता दिलाए । दोस्रो हाफमा मैदान छिरेका डेले अलीले इन्ज्युरी समयमा अर्को गोल थपे । पेनाल्टी क्षेत्रभित्र डेलेलाई लडाएपछि उनी आफैंले प्राप्त पेनाल्टीमा गोल गरेका थिए ।
यस जितसँगै टोटेनहमले युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ । समूह चरणको ड्र शुक्रबार न्योनस्थित यूईएफए मुख्यालयमा हुँदैछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]