default_image

5 years ago

October 2, 2020

लिभरपुललाई हराउँदै आर्सनल क्वाटरफाइनलमा

171 views

0 Bookmark

एजेन्सी – सडनडेथमा लिभरपुललाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एनफिल्डमा बिहीबार राति भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुगिंएपछि पेनाल्टी सुटआउट र त्यसपछि सडनडेथमा आर्सनल ५–४ ले विजयी भएको हो । यससँगै आर्सनलले अघिल्लो साता प्रिमियर लिगमा भोगेको ३–१ को हारको समेत बदला लिएको छ ।

पेनाल्टी सुटआउटमा आर्सनलका एलक्सान्द्रे लाकाजेट, सेडरिक सोआरेस, एन्सले मेटल्यान्ड निल्स, निकोलस पेपे र जोसेप विललकले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गरेका मोहमेद इलाने चुकेका थिए । लिभरपुलका जेम्स मिल्नर, जर्जिनो वाइनाल्डम, ताकुमी मिनामिनो र कर्टिस जोन्सले गोल गर्दा चौथो पेनाल्टी प्रहार गरेका डिभोक ओरिगी र छैटौं पेनाल्टी प्रहार गरेका ह्यारी विल्सन चुके ।

घरेलु मैदानमा लिभरपुलले आर्सनलविरुद्ध दोस्रो रोजाईका ८ खेलाडीलाई अवसर दिएको थियो । अघिल्लो खेलमा आर्सनलविरुद्ध जित निकाल्दाको टोलीबाट ३ खेलाडीलाई मात्रै पहिलो रोजाईमा मैदान उतारेको थियो ।

दोस्रो रोजाईको टोलीविरुद्ध आर्सनलले खेलको सुरुवात देखि नै दवाव बढाएको थियो । सातौ मिनेटमा ड्यानियल सेवालोसको पासमा निकोलस पेपे चुके । ११औं मिनेटमा विलियनको कर्नरमा बुकायो साकाको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

१३औं मिनेटमा लिभरपुलले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अग्रता लिन सकेन । ३५औं मिनेटमा कर्टिस जोन्सको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले विफल पादै लिभरपुलको अग्रता टारे ।

दोस्रो हाफमा भने लिभरपुलले खेलमा पकड बनाउदै आर्सनलको पोस्टमा लगातार आक्रमण बुनेपनि गोल गर्न असमर्थ रह्यो । ५३औं मिनेटमा जेम्स मिल्नरको कर्नरमा भर्जिल भान डाइकको प्रहार बाहिरियो । ५६औं मिनेटमा डिएगो जोटा र लगत्तै ५७औं मिनेटमा मिल्नरको कर्नरमा मार्काे ग्रुजिकको हेडर सदुपयोग हुन सकेन ।

६३औं मिनेटमा डिएगो जोटा पुनः चुके । ६४औं मिनेटमा ग्रुजिकको प्रहारमा गोलरक्षक लेनो बाधक बने । ७०औं मिनेटमा निकोलस पेपेले अवसर पाएपनि सदुपयोग नहुदा आर्सनल अग्रता लिनबाट चुक्यो । ८४औं मिनेटमा निकोलस पेपेले गोल गर्न सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

यस्तै अर्काे खेलमा ब्रेन्टफोर्डले फुलहमलाई ३–० ले तथा स्टोक सिटीले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

क्वाटरफाइनल समिकरण

आर्सनलविरुद्ध म्यानचेस्टर सिटी, ब्रेन्टफोर्डविरुद्ध न्युक्यासल युनाइटेड, एभर्टनविरुद्ध म्यानचेस्टर युनाइटेड र स्टोक सिटीविरुद्ध टोटेनहम

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.