5 years ago
October 2, 2020
एजेन्सी – २४ पेनाल्टी भएको खेलमा जित निकाल्दै इटालियन क्लब एसी मिलानले पोर्चुगिज क्लब रियो एभेलाई पराजित गर्दै युइएफए युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ ।

पोर्चुगलमा बिहीबार सात भएको खेलमा घरेलु टोलीलाई सडनडेथमा ९–८ ले पराजित गर्दै मिलानले युरोपा लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी तथा अतिरिक्त समयको खेल २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा मिलानले बाजी मार्यो ।
मिलानका इस्माइल बेन्नासेर, सिमोन, थियो हर्नान्डेज, ब्राहिम डियाज, हकान कलहानोग्लु, डाभिड कालाब्रिया, सान्ड्रो टोनाली र राफयल लिएओले गोल गर्दा लोरेन्जो कोलोम्वो र जियानलुजी डोननररुम्मा गोल गर्न चुके ।
एभेका चिको जेराल्डेस, एडरलान सान्तोस, निकोलो जम्वोर, लुकास पियाजन, फिलिपे अगुस्टो, गेल्सन, ग्याब्रिलजिन्हो र इभो पिन्टोले गोल गर्न सके । नेल्सन मोन्टे र पावेल इिसजिकले गोल गर्न सकेनन् । त्यसपछि मिलानका इस्माइल बेन्नासेर गोल गर्न चुके । एभेका चिको जेराल्डेस पनि चुके ।

मिलानका सिमोनले गोल गर्दा एभेका एडरलान सान्तोस चुकेपछि मिलान विजयी हुन सफल भयो । त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५१औं मिनेटमा एलेक्सिस सएलमेकर्सको गोलबाट मिलानले खेलमा अग्रता लिएको थियो ।
७२औं मिनेटमा चिको जेराडलेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो मिनेटमा गेल्सनले गोल गरेपछि घरेलु टोली एभेले खेलमा २–१ को अग्रता लिन सफल भयो ।
तर, इन्ज्युरी समयमा घरेलु टोली सम्हालिन नसक्दा मिलानले पेनाल्टीमार्फ गोल गर्दै खेललाई पेनाल्टीमा धकेले । १२०औं मिनेटमा एभेका टोनी बोरेभकोभिकले पेनाल्टी बक्सका ह्यान्ड गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा हकान कलहानाग्लु चुकेनन् र खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]