default_image

5 years ago

October 2, 2020

फातीको लगातार उच्च प्रदर्शन

142 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका अन्सु फातीले आफुलाई भविष्यको स्टारको स्थापित हुने संकेत गरिसकेका छन् । ला लिगाको नयाँ सिजन केहि अघिबाट सुरु भएपनि बार्सिलोनाले दुई खेल मात्र खेलेको छ ।

दुवै खेलमा फाती प्रभावशाली रहेका छन् । उनले २ खेलमा ३ गोल गरिसकेका छन् । १७ वर्षे फातीले आइतबार भिल्लारियलविरुद्ध ४–० को जितमा र गए राती सेल्टा भिगोविरुद्ध ३–० को जितमा दुवै खेलमा सुरुवाती गोल गरेका थिए ।

एन्टोइन ग्रिजमन, ओस्मान डेम्बेले जस्ता स्थापित नामका अगाडि फातीले क्लबका प्रशिक्षक रोनाल्ड कोम्यानको विश्वास जितेका छन् । स्पेनका अन्तर्राष्ट्रियले दुवै खेलमा सुरुवाती ११ बाट खेलेका थिए । माथिल्लो स्तरको फुटबलमा फातीले मात्र २५ खेल खेलेका छन् । अहिले उनी टोलीको पहिलो रोजाईको टोली बनेका छन् ।

लुइस इन्रिके प्रशिक्षक रहेकोको स्पेनिस टोलीबाट पनि फातीले पहिलो रोजाईमा मौका पाउँदै आएका छन् । १७ वर्ष २ सय ६६ दिनका फाती ला लिगामा १० गोल गर्ने चौथो खेलाडी हुन् । बार्सिलोनामा फातीले अघिल्लो साता नयाँ सम्झौता गरेका छन् ।

सम्झौतासँगै बार्सिलोनाले फातीको रिलिज क्लजसमेत तोकेको छ । अब कुनै पनि क्लबले फाती अनुबन्ध गर्न चाहेको खण्डमा ३६७ मिलियन पाउन्ड (४ सय मिलियन युरो) तिर्नुपर्नेछ । यसमा २११ मिलियन पाउन्ड रिलिज क्लज र १५६ मिलियन पाउन्ड अन्य बोनस लगायत रकममा तिर्नुपर्ने छ ।

नयाँ सम्झौतासँगै बार्सिलोनामा फातीले २२ नम्वरको जर्सी लगाउनेछन् । यसअघि यो जसी आर्टुरो भिडालले प्रयोग गरेका थिए । फातीले गत सिजन नै बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दै पहिलो सिजनमा नै आफ्नो प्रभाव छाडेका थिए । उनले गत सिजन बार्सिलोनाबाट ३३ खेल खेल्दा ८ गोल गरेका थिए ।

सेप्टेम्बर पहिलो साता स्पेनिस राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका फातीलाई बार्सिलोनाले ३१ सदस्यीय पहिलो टोलीमा समेटेको छ । यस सिजन फातीले क्लबका कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनसँगै बार्सिलोनाको अग्रपङ्ति सम्हाल्ने प्रष्ट योजना देखिन्छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.