5 years ago
October 3, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोविरुद्ध १० खेलाडीमा सिमित भएर पनि जित हासिल गरेकोमा बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले खुसी व्यक्त गरेका छन् ।

डिफेन्डर क्लिमेन्ट लेन्गलेटले दोस्रो पहेलो कार्डपछि रातो कार्डको सामना गरेपछि बार्सिलोना पहिलो हाफको अन्त्यतिर नै १० खेलाडीमा सिमित भएको थियो । त्यसका बावजुद बार्सिलोना ३–० विजयी भएको थियो । नयाँ सिजनमा बार्सिलोनाले २ खेलमा शतप्रतिशत सफल नतिजा निकालेको थियो ।
डेनिस सुआरेजलाई फाउल गरेपछि लेन्गलेटले दोस्रो पहेलो कार्डको सामना गर्नुपरेको थियो । ‘हामीले त्यो पहेलो कार्ड थियो की थिएन त्यसमा बहस गरेनौं । त्यो साच्चै कडा सजाय थियो । रेफ्री भएर काम गर्न कठिन छ’, उनले भने, ‘त्यो निर्णय थियो जसमा हामीले बहस गर्नु ठिक हुँदैन । एक खेलाडी कम भयौं भन्दा पनि बाँकी समयका बारेमा कुरा गर्नु बढी महत्वपूर्ण थियो ।’
सेल्टा भिगो विरुद्धको खेलमा टोलीप्रति आफुलाई गर्व लागेको कोम्यानले बताएका छन् । ‘एक खेलाडी कम हुनाका वावजुद हामीले अनुशासनका साथ धेरै लयमा खेल्यौं । साच्चै हामीले आफ्ना काम गर्यौं’, उनले थपे, ‘यो नजिताले पनि देखाउँछ कि हामी सहि बाटोमा छौं । लिओनल मेस्सी र अन्सु फातीले महत्वपूर्ण आक्रमणले हामी बालाइडोसमा सफल नतिजाको हकदार बन्यौं ।’

कप्तान मेस्सी र युवा खेलाडीको तारिफ गरेका कोम्यानले भने, ‘मेस्सीले बिना बल पनि निकै मेहनत गरे । जितमा उनको भूमिका महत्त्वपूर्ण थियो । युवा खेलाडीले पनि आफ्नो जिम्मेवारी पूरा गरे,’ कोम्यानले थपे, ‘बिहीबार नै च्याम्पियन्स लिगको समूह विभाजनमा बार्सिलोना युभेन्ट्ससँग एउटै समूहमा परेको छ । हामीलाई थाहा छ युभेन्ट्स समूहको बलियो टोली मध्ये एक हो, आशा गरौं हामी च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नेछौं । हामी अघि बढ्दै जानुपर्छ ।’
बार्सिलोनाले झन्डै ५ वर्षपछि सेल्टा भिगोको मैदानमा जित हासिल गरेको हो । अघिल्लो सिजन बराबरीमा रोकिँदा उपाधि होडबाट बाहिरिएको बार्सिलोनाले त्यसअघि सिजनमा पनि सेल्टालाई उसको मैदानमा हराउन सकेको थिएन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]