default_image

5 years ago

October 3, 2020

लुकाकुले जिते ‘प्लेयर अफ दि सिजन’ अवार्ड

190 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका बेल्जियन फरवार्ड रोमेलु लुकाकुले युरोपा लिगको ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

२०१९–२० को सिजन युरोपा लिगको उत्कृष्ट खेलाडी बन्दै २७ वर्षीय लुकाकुले ‘प्लेयर अफ दि सिजन’ अवार्ड जित्न सफल भएका हुन् । लुकाकुले च्याम्पियन स्पेनिस क्लब सेभियाका इभर बनेगा र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज ब्रुनो फर्नान्डेस पछि पार्दै अवार्ड जितेका हुन् ।

लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर युरोपा लिगको फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा इन्टर मिलान सेभियासँग ३–२ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको थियो । लुकाकुले युरोपा लिगको ६ खेलमा ७ गोलका साथै दुई असिस्ट दिएका थिए ।

युनाइटेड आउनुअघि स्पोर्टिङ लिस्वनबाट खेलेका ब्रुनो ८ गोल गरेका थिए । लुकाकुले अघिल्लो सिजन सबै प्रतिस्पर्धामा कुल ३४ गोल गरेका थिए ।

२०१६–१७ को सिजनबाट शुरु भएको यो अवार्ड अघिल्लो सिजन लन्डन क्लब चेल्सी तथा हाल स्पेनिस क्लब रियल म्याड्रिडमा रहेका बेल्जियन फरवार्ड इडेन हाजार्डले जितेका थिए ।

त्यसअघि २०१७–१८ को सिजनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड तथा क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले तथा त्यो भन्दा अघिल्लो सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पल पोग्वाले यो अवार्ड जितेका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.