5 years ago
October 3, 2020
एजेन्सी – प्रशिक्षक लुइस इनरिकेले युइएफए नेसन्स लिगको लागि २५ सदस्यीय स्पेनिस राष्ट्रिय टोली घोषणा गरेको छ । प्रशिक्षक इनरिकेले चार नयाँ खेलाडीलाई समावेश गर्दै नेसन्स लिगको दुई खेल र एक मैत्रीपुर्ण खेलको लागि टोली घोषणा गरेको हो ।

यसपटक मिडफिल्डर ड्यानियल सेवालोसले टोलीमा पुनरागमन गर्दा सर्जियो क्यानालेस र जोस क्याम्पाना पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । उमेर समूहमा प्रतिनिधित्व गरिसकेका एडमा ट्राओरेले पनि सिनियर टोलीमा स्थान राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
ट्राओरे तेस्रोपटक स्पेनको राष्ट्रिय टोलीमा कलअप भएका हुन् । उनले पहिलोपटक इन्ज्युरीका कारण तथा दोस्रोपटक कोरोना संक्रमणका कारण टोली छाड्नुपरेको थियो । यसअघि टोलीमा रहेका ओस्कार रोड्रिग्वेजले सेभियामा पहिलो रोजाईमा कम अवसर पाएका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका मार्काे एसेन्सियो चोटबाट पूरनागनको प्रयासमा रहँदा थियागो अलकान्तरता कोरोना संक्रमणका कारण टोली बाहिर रहनेछन् ।
नेसन्स लिगको ग्रुप ‘ए’ चारमा रहेको स्पेनले ७ अक्टोबरमा लिस्वनमा घरेलु टोली पोर्चुगलसँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसपछि १० अक्टोवरमा स्वीट्जरल्यान्डसँग घरेलु मैदानमा तथा १३ अक्टोवरमा किएभमा युक्रेनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
यो समूहमा स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा २ अंकसहित जर्मनी तेस्रो तथा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ ।
पुर्ण टोली
गोलकिपर – डेभिड डे हेया, किपा एरिजावालगा र युनाई सिमोन
डिफेन्डर – जेसस नाभास, ड्यानी कार्भाजल, सर्जियो रामोस, पोउ टोरेस, इरिक गार्सिया, डिएगो लोरेन्टे, जोस लुइस गाया र सर्जियो रेगुइलोन
मिडफिल्ड – सर्जियो बुस्क्वेट्स, रोड्रिगो हर्नान्डेज, मिकेल मोरेनो, फावियन रुइज, ड्यानियल सेवालोस, सर्जियो क्यानालेस र जोस क्याम्पाना
फरवार्ड – रोड्रिगो मोरेनो, अन्सु फाती, फेरान टोरेस, ड्यानी ओल्मो, एडमा ट्राओरे, मिकेल ओयरजावाल र जेरार्ड मोरेनो
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]