default_image

5 years ago

October 3, 2020

रियलका कार्भाहल दुई महिना मैदान बाहिर

152 views

0 Bookmark

एजेन्सी – स्पेन तथा स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर ड्यानियल कार्भाजल कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् ।

मसल्स इन्ज्युरीका कारण राइट ब्याक कार्भाहल कम्तीमा पनि दुई महिना मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ । रियलको मेडिकल टिमले गरेको परिक्षणमा उनको दाँया खुट्टाको कोलटेरियल लिगामेन्ट च्यातिएको र उनलाई खेलमा फर्कन कम्ती पनि दुई महिना लाग्ने छ ।

कार्भाहलले रियल भालाडोलिडविरुद्धको खेलमा ५७औं मिनेटमा अल्भारो ओर्डिजोलाको स्थानमा मैदान प्रवेश गरेका थिए । रियलका इडेन हाजार्ड, इडर मिलिटाओ र टोनी क्रुस पनि चोटसँग जुधिरहँदा प्रशिक्षक जिनेदिन जिदानलाई थप दवाव परेको छ ।

कार्भाहलले चोट बोकेसँगै ओर्डिजोलाले नै रियलको पहिलो रोजाईमा स्थान पाउनेछन् । यस्तै रियलले कार्भाजलको विकल्पमा लुकास भास्क्वेज र लेफ्टब्याक फर्लान्ड मेन्डीलाई खेलाउन सक्नेछ ।

चोट बोकेसँगै कार्भाजलले एल क्लासिकोसँगै लेभान्टे, काडिज, एसडी हुएस्का, भ्यालेन्सिया र भिल्लारियलको खेलसँगै च्याम्पियन्स लिगको समूह चरणको शुरुवाती चार खेल गुमाउनेछन् ।

स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक लुइस इनरिकेले शुक्रबार मात्रै युइएफए नेसन्स लिगको दुई र एक मैत्रीपुर्ण खेलका कार्भाजलसहित २५ सदस्यीय टोलीको घोषणा गरेको थिए । तर, अब कार्भाजलले उक्त खेलहरु पनि गुमाउने छन् ।

नेसन्स लिगको ग्रुप ‘ए’ चारमा रहेको स्पेनले ७ अक्टोवरमा लिस्वनमा घरेलु टोली पोर्चुगलसँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसपछि १० अक्टोवरमा स्वीट्जरल्यान्डसँग घरेलु मैदानमा तथा १३ अक्टोवरमा किएभमा युक्रेनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.