default_image

5 years ago

October 3, 2020

लिभरपुलका मानेलाई कोरोना संक्रमण

99 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

लिभरपुलकै थियागो अलकान्तारालाई कोरोना पुष्टि भएको तीन दिनपछि नै मानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको क्लबले जनाएको छ । लिभरपुललको एक विज्ञप्ति जारी गर्दै उनमा कोरोनाको सामान्य लक्षण देखिएपनि उनको स्वास्थ्य राम्रो रहेको र सेल्फ आइसोलेसनमा बसिसकेको उल्लेख गरेका छन् ।

२८ वर्षीय सेनेगलका माने गत सोमबार राति आर्सनलमाथि ३–१ को जित निकालेको खेलमा सहभागी रहेका थिए । बिहीबार राति इएफल कप अर्थात कारवाओ कपमा आर्सनलसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा भने उनी टोलीमा थिएनन् ।

‘थियागो जस्तै मानेको लागि पनि क्लबले समायवधि अनुसार सुरक्षित स्वास्थ्य पद्दति अपनाउनेछ । उनी आफ्नो सेल्फ आइसोलेसन बसेर कोरोनामुक्त भएपछि मात्रै टोलीमा समावेश हुनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानेले यो सिजन लिभरपुलका लागि तीन गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय ब्रेक हुनुअघि मानेले एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् । त्यसपछि १७ अक्टोबरमा हुने एभर्टनविरुद्धको मर्सिसाइड डर्बीमा उनी उपलब्ध हुन सक्नेछन् ।

प्रिमियर लिगले गत सोमबार १० खेलाडीमा कोरोना पुष्टि भएको घोषणा गरेको थियो । जुन सिजन सुरु भएपछि पछिल्लो समय खेलाडीमा बढी संक्रमण देखिएको हो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.