5 years ago
October 3, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले लामो समयदेखि अनुबन्ध गर्न खोजिरहेको दोस्रो फरवार्डको रुपमा पोर्चुगिज क्लब बेन्फिकाका ब्राजिली फरवार्ड कार्लाेस भिनिसियसलाई अनुबन्धित गरेको छ ।

टोटेनहमले २५ वर्षीय भिनिसयसलाई एक सिजनका लागि २.७ मिलियन पाउन्डमा लोनमा अनुबन्धित गरेको हो । सम्झौतामा टोटेनहमले भिनीसियसलाई अर्को सिजन स्थायी खेलाडी बनाउन ४५ मिलियन युरो तिर्नुपर्ने शर्त रहेको छ । भिनिसियसले गत सिजन ४९ खेलमा २४ गोल गरेका थिए । उनले पोर्चुगिज लिगमा १८ गोल गर्दै सिजनको सर्वाधिक गोल गर्ने सुचीमा अटाएका थिए ।
अब टोटेनहममा भिनिसियससँगै लुकास मोउरा, स्टेभेन बर्गवाइन, ह्यङ मिन सन र ह्यारी केन फरवार्डको रुपमा रहनेछन् । गत जनवरी र फेब्रुअरीमा केन र सन घाइते र स्पेनिस फरवार्ड फर्नान्डो लोरेन्टेले क्लब छाडेपछि टोटेनहम एक समय फरवार्ड विहीन बनेको थियो ।

भिनिसियस २०१८ मा ब्राजिली क्लब ग्रिमियो एस्पोर्टिभो अनापोलिसबाट इटालियन क्लब नेपोलीमा अनुबन्ध भएका थिए । तर, उनी सोही सिजन नै लोनमा पोर्चुगिज क्लब रियले एभे र त्यसपछि फ्रान्सेली क्लब मोनाकोबाट लोनमा खेलेका थिए । उनले नेपोलीमा एक खेलमा पनि अवसर पाएनन् । उनी २०१९ मा बेन्फिका आएका थिए ।
टोटेनहममा अनुबन्धित भएपछि भिनिसियले यस क्लबमा जोडिन यस परिवारलाई भेट्न पाउदा खुसी रहेको र यहाँ आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्ने बताएका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]