5 years ago
October 3, 2020
एजेन्सी – प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले इंग्लिस क्लब लिभरपुलका इंग्लिस युवा फरवार्ड रायन ब्रेस्टरलाई अनुबन्ध गर्न सफल भएको छ ।

सेफिल्डले २० वर्षीय युवा फरवार्ड रायन ब्रेस्टरलाई ५ वर्षको लागि क्लबको कीर्तिमानी मुल्य २३.४ मिलियन पाउन्डमा भित्र्याएको हो । यसअघि क्लबले गत जनवरीमा नर्जेजियन मिडफिल्डर सान्डेर वर्गलाई बेल्जियन क्लब जेन्कबाट २२ मिलियन पाउन्ड खर्चेको थियो ।
सम्झौता अनुसार इंग्ल्यान्डका यु–२१ टोलीमा सदस्य रायनलाई तीन वर्षपछि फिर्ता लिन पाउने विकल्प समावेश छ । यस्तै अन्य कुनै क्लबमा बेचेमा १५ प्रशित लिभरपुलले पाउनेछ । प्रिमियर लिगकै एस्टन भिल्ला, ब्राइटन, बर्नली, क्रिस्टल प्यालेस, फुलहम र न्युक्यासल युनाइटेडले उनलाई लोनमा खेलाउनको लागि प्रयास थालेका थिए । तर, उनले सेफिल्डसँग ५ वर्षको स्थायी सम्झौता गरे ।

‘यहाँ केही टोलीहरु आएका थिए । तर अहिले मेरो लागि उत्तम विकल्प सेफिल्ड नै हो,’ ब्रेस्टरले भने, ‘क्लब गतवर्ष नवौं स्थानमा रहेको थियो । यसपटक थप राम्रो पोजिसनमा ल्याउन प्रयास गर्नेछु । म कडा परिश्रम गर्नेछु ।’
सेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस वाइल्डरले लिभरपुलबाट रायनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सक्नु क्लको लागि राम्रो र उचित निर्णय भएको बताएका छन् । ‘उनी सुरुवातदेखि नै हाम्रो पहिलो प्राथमिकतामा थिए । उनी प्राकृतिक रुपमा गोल गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । उनले जुनसुकै अवस्थामा गोल गर्न सक्ने क्षमता राख्दछन् । सानदार गोल होस् या फ्रिकिक होस् उनीमा गोल गर्ने बानी छ । जुन प्रिमियर लिगमा निर्णायक छ ।’ मालिक वाइल्डरले भने ।

इंग्ल्यान्डले २०१७ मा यु–१७ विश्वकप जित्दा ब्रेस्टर टोलीका महत्त्वपूर्ण सदस्य थिए । म्यानचेस्टर सिटीका फिल फोडेन र बोरुसिया डर्टमुन्डका जाडोन सान्चोसँगै इंग्ल्यान्डको यु–१७ टोलीबाट विश्वकप खेलेका उनले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । गत सिजन च्याम्पियनसिप क्लब स्वान्सी सिटीबाट लोनमा खेलेका रायन ब्रेउस्टरले २२ खेलमा ११ गोल गरेका थिए ।
२०१८ जनवरीमा गम्भीर एंकल इन्ज्युरीका कारण उनी एक सिजन नै विश्राममा रहेका थिए । चोटबाट पूनरागमन गर्दै ब्रेस्टरले गत सिजन लिभरपुलबाट ३ खेलमा मात्रै मौका पाएका थिए । कम्युनिटी शिल्डमा आर्सनलसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा उनले पेनाल्टी चुकाएका थिए । उनले यो सिजन लिभरपुलबाट एक खेल खेलेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]