5 years ago
October 3, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति साविकको उपविजेता म्यानचेस्टर सिटीले नव प्रवेशी लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

अझ यो खेललाई गुरु भर्सेस चेला अर्थात ‘मार्सेलो बिएल्सा भर्सेस पेप ग्वार्डिओला’ बीचको खेलको रुपमा हेरिएको छ । यि गुरु बिएल्सा र पेप ग्वार्डिओलाको भेट २०११– १२ को सिजनमा स्पेनिस ला लिगामा भएको थियो । जसमा गुरुको टोली एथ्लेटिको बिल्वाओले चेलाको टोलीसँग २–१ को हार तथा २–२ गोलको बराबरी खेलेको थियो ।
ग्वार्डिओलाले बिएल्सालाई विश्वकै उत्कृष्ट मध्येका एक प्रशिक्षक मान्दछन् । लिड्सलाई १६ बर्षपछि प्रिमियर लिगमा फर्काएका बिएल्सा र म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उत्कृष्ट टोली बनाएका उनका शिष्य ग्वार्डिओला टच लाइनमा परस्पर उभिनेछन् ।
‘उनी सबैभन्दा विश्वसनीय व्यवस्थापक हुन् ।’ ग्वार्डिओलाले लिड्सविरुद्धको खेलअघि शुक्रबार भने, ‘आफ्नो टिमलाई लिएर हिड्ने उनको तरिका फरक छ । उनीसँग केही समय बिताउन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । ती समयहरु मेरो लागि सधै प्रेरणादायी छन् ।’
यस्तै ग्वार्डिओलाले आफ्नो टोलीले बिएल्साको तुलनामा धेरै उपाधि जितेपनि खेलबारे ज्ञान र अभ्यास सत्रहरुका आधारमा आफू बिएल्साभन्दा धेरै पछाडी रहेको बताएका छन् ।

घरेलु मैदानमा लिड्स युनाइटेड साविकको उपविजेता सिटीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिगको पहिलो खेलमा च्यापिम्पयन लिभरपुलसँग ४–३ ले पराजित भएको लिड्सले त्यसपछिको दुई खेलमा फुलहममाथि ४–३ को जित दर्ता गर्दा सेफिल्ड युनाइटेडलाई १–० ले पराजत गरेको थियो ।
लिड्स सोही लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । लिड्ससँग प्याट्रिक बामफोर्ड, रोड्रिगो, हेल्डर कोस्टा, क्याल्भिन फिलिप्स, स्टुआर्ट डल्लास, रोविन कोच, लुकी एलिङ र इभान मस्लिएर हुनेछन् । सिटीबाट लोनमा आएका मिडफिल्डर ज्याक ह्यारिसन यस खेलमा उपलब्ध रहने छैनन् ।
यता, सिटी पनि नवप्रवेशी लिड्सलाई सहजै पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । दुई खेलबाट ३ अंक जोडेको सिटी आइतबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग ५–२ ले स्तब्ध बनेको थियो । सोही हार बिर्साउने प्रयासमा सिटी हुनेछ ।

मुख्य फरवार्डद्वय सर्जियो अगुइरो र ग्याब्रियल जेसस नरहेपनि टोलीसँग रहिम स्ट्रलिङ, फेरान टोरेस, रियाद महारेज, केभिन डि ब्रुयन, रोड्री, बेन्जामिन मेन्डी, एमेरिक लापोर्टे, फर्नाडिन्हो, केयल वाल्क, नाथन एके, बर्नाडो सिल्भा र एडर्सन मोराएस हुनेछन् ।
यि दुई टोली २०१३ पछि पहिलोपटक खेल्न लागेका हुन् । त्यतिबेला एफए कपका सिटी ४–० ले विजयी भएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]