5 years ago
October 3, 2020
एजेन्सी – इटालियन मिडफिल्डर जर्गिन्होले चार मिनेटको अन्तरमा पेनाल्टीमार्फत दुई गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–० को सानदार जित निकालेको हो । चेल्सीको जितमा जर्गिन्होले दुई गोल गर्दा लिग डेब्यु गरिरहेका बेन चिलवेल र कर्ट जोउमाले समान एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति चेल्सीले खेलको शुरुवात देखि नै प्यालेसलाई दबाबमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । खेलको १४औं मिनेटमा काई हार्भटजको पासमा एङ्गोलो कान्टेको प्रहार पोस्टबाट थोरै बाहिरिदा चेल्सी अग्रता लिनबाट चुक्यो ।
१९औं मिनेटमा हार्भटजको काउन्टर अट्याक पासमा टिमो वेर्नरको प्रहारलाई प्यालेसका गोलरक्षक भिसेन्ट गुएइटाले उत्कृष्ट बचाउ गरे । लगत्तै २० औं मिनेटमा बेन चिलवेलको फ्रिकिकमा थियागो सिल्भा हुदै जर्गिन्होले गरेको प्रहार बारमा लाग्दै बाहिरिएपछि चेल्सी अग्रता लिनबाट चुक्यो ।
५०औं मिनेटमा बेन चिलवेलको गोलबाट चेल्सीले अग्रता लियो । मामाडोउ साखोको गल्तीमा कलुम हड्सन ओडोईले बल नियन्त्रणमा लिँदै कप्तान सेसर एज्पिलिक्वेटा र ट्याम्मी अब्राहमबाट आएको पासलाई चिलवेलले पोस्टको दिशा दिएका थिए । चेल्सीका लागि चिलवेल पहिलो लिग खेलमा नै पहिलो गोल गर्न सफल रहे । ५४औं मिनेटमा जेम्स म्याकअर्थरको २० यार्ड टाढाको प्रहार थोरै बाहिरिदा प्यालेस बराबरीबाट चुक्यो ।
५९औं मिनेटमा चिलवेलको क्रसमा कोर्ट जोउमाको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२औं मिनेटमा वेलफ्रेड जाहाको प्रहारलाई चेल्सका डिफेन्डरले ब्लक गरे त्यसमै प्राप्त कर्नरमा जोएल वार्ड, एन्ड्रोस टाउनसेन्ड हुदै जोर्डन एयुको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले नियन्त्रणमा लिए ।

६६औं मिनेटमा कोर्ट जोउमाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । चिलवेलको कर्नरमा जोउमाले हेडरमार्फत गोल गरेका थिए । ७८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई फरासकलो जिततर्फ अग्रसर गराए । ट्याम्मी अब्राहमलाई पेनाल्टी बक्समा टेरिक मिचेलले फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा जर्गिन्हो चुकेनन् ।
८२औं मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि चेल्सी फराकिलो जिततर्फ अग्रसर बन्यो । काई हाभर्टजलाई मामाडो साखोले फल गरेपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले पुन: अघिल्लै प्रहारलाई दोहोर्याएर गोल गर्दै चेल्सीलाई ४–० को अग्रता दिलाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले प्रिमियर लिगमा चार खेलबाट दोस्रो जित निकाल्न सफल भयो । जितसँगै चेल्सीले ४ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाटै क्रिस्टल प्यालेसको ६ अंक रहेको छ । अघिल्लो खेलमा बिर्सन लायक प्रदर्शन गरेका ब्राजिली थियागो सिल्भाले प्यालेसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]