default_image

5 years ago

October 3, 2020

हालान्डको दुई गोलमा डर्टमुन्ड विजयी

177 views

0 Bookmark

एजेन्सी – नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा फ्रेइवर्गलाई ४–० ले पराजित गरेको छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा इम्री क्यान र फेलिक्स पासल्याकले समान एक गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

घरेलु मैदानमा डर्टमुन्डले खेलको सुरुवातदेखि नै फ्रेइवर्गलाई दवावमा राखेको थियो । २७औं मिनेटमा जुडे बेलिङहमको प्रहार बाहिरिदा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । ३१औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए ।

उनले जियोभानी रेनाको पासमा पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए । ३५औं मिनेटमा हालान्ड चुके । ४७औं मिनेटमा इम्री क्यानले जियोभानी रेनाकै कर्नरमा हेडरमार्फत गोल गर्दै डर्टमुन्डलाई २–० को अग्रता दिलाए ।

५१औं मिनेटमा एक्सेल विस्टेलको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५६औं मिनेटमा भिन्सेन्जो ग्रिफोको प्रहारलाई डर्टमुन्डका डिफेन्डरले ब्लक गर्दै फ्रेइवर्गको गोलअन्तर टारे । ६०औं मिनेटमा निकोलस होफ्लेरको प्रहार बाहिरिदा फ्रेइवर्ग गोलअन्तर घटाउनबाट चुक्यो ।

६६औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा ३–० को अग्रता लिन सफल भयो । फ्रेइवर्गका खेलाडीको ब्याकपासलाई जियोभानीले नियन्त्रणमा लिदै दिएको पासमा हालान्डले वान भर्सेस वानकै अवस्थामा गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा हालान्डको पासमा फेलिक्सले गोल गर्दै डर्टमुन्डलाई ४–० को फराकिलो जित दिलाए । यस जितसँगै डर्टमुन्डले ३ खेलबाट ६ अंक जोडेको छ । पराजित फ्रेइवर्गको ४ अंक रहेको छ ।

यस्तै अर्काे खेलमा लिगको शीर्षस्थानमा रहेको टीएसजी होफेनहाइन फ्रान्कफुर्टसँग २–१ ले पराजित भएको छ । होफेनहाइनले १–० ले लिएको अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

फ्रान्कफुर्टको जितमा डाइची कामदा र बास डोस्टले गोल गरे । होफेनआइनका एन्ड्रेज क्रामारिकले गरेको गोल सान्त्वना बन्यो । जितपछि फ्रान्कफुटले ३ खेलबाट ७ अंक जोडेको छ । समान खेलबाटै पराजित भएको होफेनहाइनको ६ अंक रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.