default_image

5 years ago

October 4, 2020

लिड्ससँग सिटी रोकियो

119 views

0 Bookmark

एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटी नव प्रवेशी लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । सिटीले अग्रता लिएरपनि जोगाउन नसक्दा लिड्ससँग १–१ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो ।

इल्यान्ड रोड लिड्स वेस्ट योर्कसिरमा शनिबार राति भएको गुरु चेलाबीचको भिडन्तमा चेलाको टोली सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा नै केभिन डि ब्रुयनको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रता लिनबाट चुकेको थियो ।

१७औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए । त्ससपछि दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफमा सिटीले १–० को अग्रता लियो ।

५९औं मिनेटमा सब्सिच्युट खेलाडी रोड्रिगोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । काल्भिन फिलिप्सो कर्नरलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले राम्ररी पञ्च गरेर फाल्न नसकेको बललाई रोड्रिगोले जाली चुमाएका थिए । त्यसअघि रोड्रिगोको प्रहार रुवेन डियासलाई ड्रिलेक्ट हुदै क्रसबारमा लागेर बाहिरिएको थियो ।

रोड्रिगोको मैदान छिरेको तेस्रो मिनेटमा नै गोल गर्न सफल भएका हुन् । उनी ५६औं मिनेटमा टेलर रोबर्ट्सको स्थानमा मैदान छिरेका थिए । त्यसपछि दुवै टोलीले पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुगिंयो । बराबरीसँगै लिड्स चार खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा रहँदा सिटी ३ खेलबाट ४ अंकसहित ११औं स्थानमा छ ।

अर्काे खेलमा न्युक्यास युनाइटेडले बर्नलीमाथि ३–१ को सहज जित निकालेको छ । न्युक्यासलको जितमा कलुम विल्सनले २ तथा एलान सेन्ट म्याक्सिमिनले एक गोल गरे । बर्नलीका एस्ले वेस्टवुडले एक गोल फर्काए ।

जितसँगै न्युक्यासल ४ खेलबाट ७ अंक जोडेर छैटौ स्थानमा रहँदा बर्नली अंकविहीन हुदै १९औं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.