5 years ago
October 4, 2020
एजेन्सी – आरबी लाइप्जिग जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबारको खेलमा साल्केमाथि ४-० को जित दर्ता गर्दै लाइप्जिगले आफ्नो लय कायम राखेको हो ।

घरेलु मैदान रेडबुल एरिनामा शनिबार राति भएको खेलमा लाइप्जिगलाई सानदार जित दिलाउन एन्जेलिनो, विल्ली ओर्बन र मार्सेल हल्सटेनवर्गले गोल गरे । एक गोल उपहार पाएको थियो । लाइप्जिगले खेलको ३१औं मिनेटमा बोज्डोगानको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा एन्जेलिनोले गोल गरेपछि लाइप्जिगले खेलमा २–० को अग्रता लियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ओर्बनले गोल गरेपछि लाइप्जिगले पहिलो हाफमै ३–० को आरादायी अग्रता लियो । ८०औ मिनेटमा मार्सेल हल्सटेनवर्गले पेनाल्टीमार्फत गोल गर्दै लाइप्जिगलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै अपराजित रहेको लाइप्जिग ३ खेलबाट ७ अंक जोडेर बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट फ्रान्कफुुर्टको ७ अंक रहँदा एक खेल कम खेलेको अग्सवर्ग ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित साल्के अंकविहीन हुदै पुछारमा छ । साल्केले लगातार तीन हार बेहोरेको छ ।
अन्य नतिजा
कोल्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (१–३), फ्रान्कफुर्टविरुद्ध होफेनहाइन (२–१), स्टुटगार्टविरुद्ध बायर लिभरकुसन (१–१), वेर्डर ब्रेमेनविरुद्ध अर्मिनिया बिलेफिल्ड (१–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]