5 years ago
October 4, 2020
एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो बराबरीको नतिजा निकाल्दा रियल बेटिसले तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।

एट्लेटिकोले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिल्लारियलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि हुएस्कासँग पनि गोलरहित बराबरी खेलेको थियो ।
घरेलु मैदानमा बल पोजेसनमा पकड बनाएपनि भिल्लारियलको बलियो रक्षापङ्ति तोड्न नसक्दा एट्लेटिको बराबरीमा रोकिन बाध्य बन्यो । क्याटलान क्लब बार्सिलोनाबाट यसै सिजन एट्लेटिको आएका लुइस सुआरेज लगातार दोस्रो खेलमा गोल गर्न चुके । डेब्युमा उनले दुई गोल गरेका थिए ।
जोओ फेलिक्स, डिएगो कोस्टा, थोमस, कोकी र यान्निक करास्कोले केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । यता, भिल्लारियलका पाको अल्कासेर, मोइ गोमेज र जेरार्ड मोरेनोलगायतको प्रहारमा पनि एट्लेटिकोका गोलरक्षक बाधक बनेका थिए ।

बराबरीसँगै एट्लेटिकोले ३ खेलमा ५ अंक जोडेको छ । एट्लेटिको लिगको ११औं स्थानमा रहेको छ । भिल्ला ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस्तै अर्काे खेलमा रियल बेटिसले भ्यालेन्सियामाथि २–० को जित निकाल्दै कम्तीमा एक दिनको लागि शीर्षस्थानमा उक्लिएको छ । रियल बेटिसको जितमा सर्जियो क्यानालेस र क्रिस्टियन टेलोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएका थियो ।
जितसँगै रिय बेटिसले ५ खेलबाट ३ जित र २ हारबाट ९ अंक जोडेको छ । एक खेल कम खेलेको साविकको विजेता रियल म्याड्रिडको ७ अंक रहेको छ । पराजित भ्यालेन्सिया ७ अंकसहित छैटौ स्थानमा छ ।
अन्य नजिता
रियल भालाडोलिडविरुद्ध एइवर (१–२), इल्चेविरुद्ध हुएस्का (०–०), रियल सोसिडाडविरुद्ध गेटाफे (३–०)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]