default_image

9 years ago

September 6, 2016

च्यासलको लगातार तेश्रो जित

146 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले लगातार तेश्रो जित दर्ता गर्दै दोश्रो स्थानमा उक्लिन सफल भएको छ।

Satdobato vs Mahabir - B Division League

सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबले अन्तिम स्थानमा रहेको सामाजिक युवा क्लबलाई १-०ले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। दिनको दोश्रो खेलमा नयाँबस्ति युवा क्लबले टुसाल युवा क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले महाबिर क्लबलाई २-१ पराजित गर्यो। सातदोबाटोको लागि रिपू भुलानले दुइ गोल गरे भने सरोज थापाले महाबिरको लागि बराबरी गोल गरेका थिए।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.