5 years ago
October 4, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन छाडेर फ्री एजेन्टका रुपमा रहेका उरुग्वेली फरवार्ड एडिन्सन काभानीले म्यानचेस्टर युनाइटेडसंग अनुबन्धन गर्ने भएका छन् ।

लामो समयदेखि म्यानचेस्टर क्लबसँग छलफलमा रहेका काभानी र युनाइटेडबीच अन्तत: सहमति भएको छ । यसअघि तलब र बोनसमा सहमति भएपनि एजेन्टले पाउने रकमका कारण अनुबन्धनमा ढिलाई हुन पुगेको हो । यसअघि युरोपका अन्य क्लबले उनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि एजेन्टका कारण नै सम्भव हुन नसकेको युरोपेली संचारमाध्यमले जनाएका छन् ।
३३ वर्षीय फरवार्डले युनाइटेडमा २ वर्षको लागि सम्झौता गर्न लागेका हुन् । उनले वार्षिक १० मिलीयन युरो तलब बुझ्नेछन् । युनाइटेडले यसै ट्रान्सफर विन्डोमा आयाक्सबाट मिडफिल्डर डोनी भान डे बिकलाई भित्र्याएको थियो । क्लबले बोरुसिया डर्टमुन्डका जेडन सान्चोलाई भने लामो समयदेखि पछ्याएपनि अनुबन्ध गर्न सकेको छैन ।
पीएसजीमा नेयमारसँग सम्बन्ध बिग्रेपछि काभानीले सम्झौता नविकरण गर्न मानेका थिएनन् । उनले कोरोनाका कारण सिजन लम्बिएपनि जुनमा नै क्लब छाडेका थिए । डिफेन्डर थियागो सिल्भाले सम्झौता सकिएपनि च्याम्पियन्स लिगसम्म खेलेपनि व्यवस्थापनसँग रुष्ट काभानीले भने क्लबमा बस्न मानेनन् ।
काभानीले क्लब फुटबलमा ५ सय ५६ खेल खेल्दै २ सय ४१ गोल गरेका छन् । पीएसजीमा उनले ३ सय १ खेल्दै २ सय गोल गरे । उरुग्वेको राष्ट्रिय टोलीका लागि पनि उनले १ सय १६ खेल खेल्दै ५० गोलको आँकडा पूरा गरेका छन् ।
काभानी युनाइटेडमा अनुबन्धित भएपछि तुरुन्त आफ्नो पुर्व क्लबविरुद्ध खेल्न सक्छन् । च्याम्पियन्स लिगमा पीएसजी र युनाइटेड एकै समूहमा छन् । युनाइटेड र पीएसजीको खेल २० अक्टोबरमा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]