5 years ago
October 4, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा आर्सनलले सेफिल्ड युनाइटेडको आतिथ्यता गर्दैछ ।

आर्सनल र सेफिल्डबीचको खेल इमिरेट्स स्टेडियममा नेपाली समयअनुसार राति ६ः४५ बजे हुनेछ । घरेलु मैदानमा आर्सनल सेफिल्डलाई पराजित गर्दै आर्सनल लिगमा तेस्रो जितको खोजीमा हुनेछ ।
आर्सनलले पहिलो खेलमा फुलहमलाई ३–० ले तथा वेस्टह्यामलाई २–१ ले पराजित गर्दा लिभरपुलसँग ३–१ ले पराजित भएको थियो । आर्सनलसँग कप्तान पिएरे इमरिक औवामियाङ, एलेक्सान्द्रे लाकाजेट, विलियन, ग्रानिट झाका, ड्यानियल सेवालोस, डेभिड लुइज, रोव होल्डिङ र बन्ड लेनोलगायतको खेलाडीको साथ रहनेछ ।
यता, लगातार तीन खेलमा पराजित भएको सेफिल्ड आर्सनललाई स्तब्ध पार्दै प्रिमियर लिगमा पहिलो जितको खोजीमा हुनेछ । सेफिल्ड वल्भ्ससँग २–० ले तथा वेस्टह्याम र लिड्ससँग समान १–० ले पराजित भएको थियो ।
सेफिल्डसँग ओलिभर बुर्की, डेभिड म्याकगोल्डरिक, बेन अस्वर्न, जोन इगन र आरोन राम्सडले जस्त खेलाडीको साथ रहेको छ । यि दुई टोली हालसम्म तीन पटक आमने सामने हुदा समान १ जित, बराबरी र हारको नतिजा निस्किएको छ ।
गत जुनमा भएको एफए कपमा आर्सनल २–१ ले विजयी हुदा त्यसअघि प्रिमियर लिगमा १–१ गोलको बराबरी तथा त्यसअघि सेफिल्डले १–० को जित निकालेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]