5 years ago
October 4, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले टोटेनहम हस्टपरको आतिथ्यता गर्दा गतवर्षको विजेता लिभरपुल भिल्ला भ्रमणमा निस्कनेछ ।

म्यानचेस्टर युनाइटेड र टोटेनहमबीचको खेल ओल्ड ट्राफर्डमा राति ९ः१५ बजे शुरु हुनेछ । दुवै टोली प्रिमियर लिगमा दोस्रो जितको खोजीमा हुनेछ । युनाइटेडले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ । टोटेनहमले ३ खेल खेल्दा समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ ।
घरेलु मैदानमा हुने खेलमा युनाइटेड टोटेनहमलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडका लागि एन्थोनी मार्सियल, मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड, पल पोग्वा, नेमान्जा माटिक, ह्यारी मिगुएर, भिक्टर लिन्डेलोफ, आरोन वान बिशाखा र डेभिड डे हेया रहनेछ ।

यता, टोटेनहम पनि घरेलु टोलीलाई पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जित निकाल्ने दाँउमा हुनेछ । टोटेनहमसँग ह्यारी केन, लुकास मोउरा, सर्जियो रिगुइलोन, ह्यारी विङ्स, म्याट दोहर्थी, बिन डेभिस, इरिक डाएर र ह्युगो लोरिस रहनेछ । उच्च लयमा रहेका ह्युङ मिन सनले ह्यामस्ट्रिङका कारण युनाइटेडविरुद्ध खेल्ने सम्भावना न्युन छ । ग्यारेथ चोटका कारण बेन्चमै सीमित हुनेछन् ।
यि दुई टोलीको पछिल्लो २२ खेलको नतिजा हेर्दा युनाइटेड नै हावी देखिएको छ । युनाइटेडले ११ खेलमा सफलता हात पार्दा टोटेनहम ६ खेलमा विजयी भएको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपट यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
त्यसअघिको तीन खेलमा युनाइटेड विजयी भएको थियो । टोटेनहमले २०१८ अगस्टमा भएको लिगमा युनाइटेडलाई ३–० ले पराजित गरेको थियो । त्यसयता, टोटेटहमले युनाइटेडलाई हराउन सकेको छैन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]