5 years ago
October 4, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल एस्टन भिल्लाको भ्रमणमा निस्कने छ ।

खेल भिल्ला पार्क बर्मिङहममा नेपाली समयअनुसार राति १२ बजे हुनेछ । घरेलु टोलीलाई सहजै पराजित गर्दै लिभरपुल शीर्षस्थानमा रहेको एभर्टनसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । अपराजित रहेको लिभरपुलको ३ खेलबाट ९ अंक रहेको छ । चार खेलबाट एभर्टनको १२ अंक रहेको छ ।
लिभरपुल साडियो माने कोरोना संक्रमणका कारण टोलीमा हुनेछैन । तर, लिभरपुलसँग मोहम्मद सलाह, रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, फाविन्हो, नावी केइटा, एन्ड्रिउ रोबर्टसन, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहनेछन् ।
यसबाहेक लिभरपुलसँग जोसेफ गोमेज, जेम्स मिल्नर, ताकुमी मिनामिनो, कर्टिस जोन्स र डिभोक ओरिगीजस्ता खेलाडी पनि रहेको छ ।
यता, एस्टन भिल्ला घरेलु मैदानमा लिभरपुललाई स्तब्ध पार्दै अपराजित रहनेछ दाँउमा रहनेछ । खेलेका दुई खेलमा जित निकालेको भिल्ला सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । तर बलियो लिभरपुलविरुद्ध जित निकाल्न भिल्लालाई सहज हुनेछैन ।
भिल्लासँग ज्याक ग्रेयलिस, ट्रेजीगेट, ओई वाट्किन्स, डुगलस लुइज, टेरोन मिङ्स र गोलरक्षक इमिलियानो मार्टिनेज रहनेछ ।
यि दुई टोलीको १६ खेलको नतिजा हेर्दा लिभरपुल ९ खेलमा विजयी भएको छ । ५ खेलमा भिल्ला विजयी हुदा २ खेल बराबरीमा सकिएको छ । गत डिसेम्वरमा कारवाओ कपमा भिल्लाले लिभरपुललाई ५–० को हार चखाएको थियो । तर त्यसपछिको खेलमा लिभरपुल २–० ले विजयी भएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]