default_image

5 years ago

October 4, 2020

बार्सिलोना र सेभिया खेल्दै

144 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति क्याटलान क्लब बार्सिलोनाले सेभियाको सामना गर्दैछ । खेल बार्सिलोनाको मैदान नोउक्याम्पमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना सेभियालाई पराजित गर्दै ला लिगामा लगातार जित निकाल्ने दाउमा हुनेछ । नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको बार्सिलोना सोही उत्कृष्ट प्रदर्शन सेभियाविरुद्धको खेलमा दोहोर्याउने योजनामा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा भिल्लारियललाई ४–० ले पराजित गरेको बार्सिलोनाले दोस्रो खेलमा सेल्टा डि भिगोमाथि ३–० को सहज जित पाएको थियो । यि दुवै खेलमा स्पेनिस युवा प्रतिभा अन्सु फातीले गोल गरेका थिए ।

त्यसैले सेभियाविरुद्धको खेलमा पनि फाती नै टोलीको मुख्य हतियार हुनेछन् । उनलाई कप्तान लियोनेल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोइन ग्रिजमन, फ्रान्की डि जोङ, सर्जियो बुस्क्जेट्स, जोर्डी अल्वा, सर्जी रोबर्टाे, जेराड पिके, रोनाल्ड एराउजो र गोलरक्षक नेटोले साथ दिनेछन् । नेटोले ला लिगाको दुवै खेलमा गोल खाएका छैनन् ।

यता, सेभिया पनि बार्सिलोनाको मैदानमा अंक नगुमाउने लक्ष्यमा मैदान उत्रनेछ । बलियो बार्सिलोनासँग सकेसम्म जित र कम्तीमा पनि १ अंक लिने दाउमा सेभिया हुनेछ । सेभियाले पनि सुरुवाती दुई खेलमा जित निकालेको छ । पहिलो खेलमा काडिजलाई ३–१ ले हराएको सेभियाले दोस्रो खेलमा लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।

सेभियासँग जेसस नाभास, डिएगो कार्लाेस, मार्काेस एकुना, सर्जी गोमेज, ओलिभर टोरेस, इभान राकिटिच, सुसो, लुकास ओकम्पास, मुनिर इल हाड्डाडी, युसेफ इन न्यास्री लुक डि जोङ, ओस्कार रोड्रिग्वेज र जोन जोर्डन जस्ता खेलाडी रहेका छन् ।

यि दुई टोली हालसम्म ३० पटक प्रतिस्पर्धा गर्दा बार्सिलोना २२ खेलमा विजयी भएको छ । ३ खेल सेभियाले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोलीले गत जुनमा गोलरहित बराबरी खेलेका थिए ।

त्यसअघि बार्सिलोनाले ४–० को सानदार जित निकालेको थियो । सेभियाले २०१९ जनवरीमा भएको कोपा डेल रेमा २–० ले पराजित गरेयता बार्सिलोनालाई चार खेलमा पराजित गर्न सकेको छैन ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.