default_image

5 years ago

October 4, 2020

लेस्टरको पहिलो हार

153 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । घरेलु मैदान किङ पावर स्टेडियममा लेस्टर वेस्ट ह्यामसँग ३–० ले स्तब्ध हुँदै लिगमा पहिलो हार बेहोरेको हो ।

लेस्टरलाई स्तब्ध बनाउन वेस्टह्यामका मिकेल एन्टेनियो, पाब्लो फोर्नल्स र जरोड बोवेनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा माइकल एन्टेनियोको गोलबाट लेस्टर सिटी पछि परेको थियो । आरोना क्रेसवेलको क्रसमा एन्टेनियोले हेडरमार्फत जाली चुमाएका थिए ।

३४औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे । आरोन क्रेसवेलको लामो पासमा अफसाइड पोजिसन ट्रयाप गर्दै पाब्लो फोर्नल्सले बल एक्लै अघि बढाउदै वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । दुई गोलले पछि परेको लेस्टरले त्यसपछि बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा पनि घरेलु टोली लेस्टरले बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न सकेन । ८३औं मिनेटमा जारोड बोवेनले गोल गर्दै लेस्टरलाई ३–० को लज्जास्पद हार चखाए । पाब्लो फोर्नल्सको पासमा बोवेनले गोल गर्न सफल भएका थिए । लेस्टरले कुनै पनि समय वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न नसक्दा पहिलो हार भोग्न बाध्य बन्यो ।

जेमी भार्डी, एयोजी पेरेज र केलिचीले गोल गर्न सकेनन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेस्टर हार्भे बार्नेसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । जितपछि वेस्ट ह्यामले चार खेलबाट ६ अंक जोडेको छ । पराजित लेस्टरले एभर्टनसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ । लेस्टरको ४ खेलबाट ९ अंक छ ।

लेस्टरले सुरुवाती तीन खेलमा वेस्ट ब्रुम अल्वियोनलाई ३–०, बर्नलीलाई ४–२ ले तथा म्यानचेस्टर सिटीलाई ५–२ ले पराजित गरेको थियो । वेस्टह्यामको यो दोस्रो जित हो । यसअघि वेस्ट ह्यामले वल्भ्सलाई ४–० ले हराउदा न्युक्यासल युनाइटेडसँग २–० ले तथा आर्सनलसँग २–१ ले पराजित भएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.