default_image

4 years ago

October 4, 2020

आर्सनलले सेफिल्डलाई हरायो

एजेन्सी – चार मिनेटको अन्तरमा दुई गोल सम्भव भएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सेभियामाथि २–१ को जित निकालेको हो । आर्सनलको जितमा बुकायो साका र निकोलस पेपेले गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्डरिकले गोल गरेपनि हार टार्न सकेनन् […]

35 views

0 Bookmark

एजेन्सी – चार मिनेटको अन्तरमा दुई गोल सम्भव भएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सेभियामाथि २–१ को जित निकालेको हो । आर्सनलको जितमा बुकायो साका र निकोलस पेपेले गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्डरिकले गोल गरेपनि हार टार्न सकेनन् ।

खेलको सुरुवात देखि नै घरेलु टोली आर्सनलले सेफिल्डलाई दवावमा राखेको थियो । तर गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २८औं मिनेटमा इडवार्ड केइटाको हेडरलाई सेफिल्डका गोलरक्षक राम्सडेलेले बचाउदा आर्सनल अग्रता लिनबाट चुकेको थियो । ३७औं मिनेटमा सेफिल्डका गोलरक्षक राम्सडेलेले अर्काे उत्कृष्ट बचाउ गरेपछि पहिलो हाफ गोलरहित बराबरीमा टुगिंएको थियो ।

दोस्रो हाफमा पनि आर्सनलले सेफिल्डलाई लगातार दवावमा राख्न सफल भयो । ५२औं मिनेटमा आर्सनलले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन । ६१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलाई अग्रता दिलाए । उनले हेक्टर बर्लिनको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसको चार मिनेटपछि नै सब्सिच्युट निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । पेपेले पनि हेक्टर बर्लिनकै पासमा गोल गर्न सफल भएका थिए । पेपे ५८औं मिनेटमा इडवार्ड केइटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८४औं मिनेटमा डेभिड म्याकगोल्डरिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै सेफिल्डलाई खेलमा फर्काउने संकेत दिएका थिए । उनले बाल्डकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो । जितसँगै आर्सनलले ४ खेलबाट ९ अंक पुर्‍याएको छ । पराजित सेफिल्ड जितविहीन छ ।

यस्तै अर्काे खेलमा वल्भ्सले फुलहममाथि १–० को झिनो जित निकालेको छ । वल्भ्सको जितमा पेड्रो नेटोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५६औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै वल्भ्सको ४ खेलबाट ६ अंक पुगेको छ । पराजित फुलहम अंकविहीन हुदै पुछारमा छ ।

त्यसअघि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोर्यो । घरेलु मैदान किङ पावर स्टेडियममा लेस्टर वेस्ट ह्यामसँग ३–० ले स्तब्ध हुँदै लिगमा पहिलो हार बेहोरेको हो ।

लेस्टरलाई स्तब्ध बनाउन वेस्टह्यामका मिकेल एन्टेनियो, पाब्लो फोर्नल्स र जरोड बोवेनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा माइकल एन्टेनियोको गोलबाट लेस्टर सिटी पछि परेको थियो । आरोना क्रेसवेलको क्रसमा एन्टेनियोले हेडरमार्फत जाली चुमाएका थिए ।

३४औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे । आरोन क्रेसवेलको लामो पासमा अफसाइड पोजिसन ट्रयाप गर्दै पाब्लो फोर्नल्सले बल एक्लै अघि बढाउदै वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । दुई गोलले पछि परेको लेस्टरले त्यसपछि बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

दोस्रो हाफमा पनि घरेलु टोली लेस्टरले बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न सकेन । ८३औं मिनेटमा जारोड बोवेनले गोल गर्दै लेस्टरलाई ३–० को लज्जास्पद हार चखाए । पाब्लो फोर्नल्सको पासमा बोवेनले गोल गर्न सफल भएका थिए । लेस्टरले कुनै पनि समय वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न नसक्दा पहिलो हार भोग्न बाध्य बन्यो ।

जेमी भार्डी, एयोजी पेरेज र केलिचीले गोल गर्न सकेनन् । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेस्टर हार्भे बार्नेसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । जितपछि वेस्ट ह्यामले चार खेलबाट ६ अंक जोडेको छ । पराजित लेस्टरले एभर्टनसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ । लेस्टरको ४ खेलबाट ९ अंक छ ।

अर्को खेलमा साउथह्याम्पटनले घरेलु मैदानमा वेस्ट ब्रोममाथि २-० को जित दर्ता गर्यो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.