default_image

4 years ago

October 4, 2020

लेभान्टेलाई हराउँदै रियल ला लिगाको शीर्षस्थानमा

एजेन्सी – लेभान्टेमाथि २–० को सहज जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले रिल बेटिसलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल बढी खेलेको रियल बेटिसको ९ अंक छ । पराजित लेभान्टे ३ अंकसहित १८औं […]

47 views

0 Bookmark

एजेन्सी – लेभान्टेमाथि २–० को सहज जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

रियलले रिल बेटिसलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । एक खेल बढी खेलेको रियल बेटिसको ९ अंक छ । पराजित लेभान्टे ३ अंकसहित १८औं स्थानमा छ ।

लेभान्टेको मैदानमा आइतबार राति भएको खेलमा रियललाई जिताउन ब्राजिली युवा स्टार भिनिसियस जुनिय र फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल सम्भव भएको थियो ।

खेलको १६औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो । लुका मोड्रिचको कर्नरमा क्यासमिरोको ब्याक फ्लिक हेडरलाई भिनिसियसले पेनाल्टी बक्समा समय लिदै गोल गर्न सफल भएका थिए । उनले जारी सिजनमा दोस्रो गोल गर्न सफल भएका हुन् । यसअघि भिनिसियसले रियल भालाडोलिडविरुद्धको खेलमा गोल गरेका थिए ।

२१औं मिनेटमा लुका मोड्रिचकै कर्नरमा भिनिसियसले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ३१औं मिनेटमा घरेलु टोली लेभान्टे बराबरीबाट चुक्यो । कर्नरबाट आएको बललाई निकोला भुक्जेभिकको हेडर क्रसबारमा लाग्दै फर्कदा क्यासमिरोले क्लियर गरिदिए । ३६औं मिनेटमा क्यासमिरोको क्रसमा करिम बेन्जेमाको हेडरले पोस्टको दिशा लिन सकेन ।

५०औं मिनेटमा करिम बेन्जेमाले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार पोेलमा लाग्दै बाहिरियो । ५२औं मिनेटमा नाचो फर्नान्डेजको पासमा भिनिसियसको प्रयास दोस्रो बारबाट थोरै बाहिरिदा रियल अग्रता दोब्बर बनाउनबाट चुक्यो । ५४औ मिनेटमा करिम बेन्जेमाको उत्कृष्ट पासमा भिनिसियसले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिदा रियलको अग्रत बढेन ।

५९औं मिनेटमा जोस क्याम्पनाको कर्नरबाट डिफ्लेक्ट हुदै आएको बललाई इनिस बार्डीले गरेको प्रहारलाई रियलका गोलरक्षक कोर्टुवाले पञ्च गर्दै बचाए । ६२औं मिनेटमा डि फ्रुटोसको प्रहारमा कोर्टुवा बिट भएपनि लडेको अवस्थामा दायाँ खुट्टाले उत्कृष्ट बचाउ गरे ।

७०औं मिनेटमा कप्तान सर्जियो रामोसले लुका मोड्रिचको फ्रिकिकमा हेडरमार्फत गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । ७७औं मिनेटमा थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता कायम राखे । कार्लाेस क्लेर्क प्रहारलाई कोर्टुवाले अघि बढेर बचाएका थिए । त्यसमै प्राप्त गोन्जाले मेलेरोको हेडर बाहिरिदा लेभान्टे बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा करिम बेन्जेमाले सिजनको पहिलो गोल गर्दै रियललाई २–० को जित दिलाए । काउन्टर अट्याकमा रोड्रिगोले दिएको पासलाई बेन्जेमाले मैदानको मध्य भागबाट बल अघि बढाउदै उत्कृष्ट फिनिस गरेका थिए ।

अन्य नतिजा
ओसासुना
विरुद्ध सेल्टा डि भिगो (–०), डिपोर्टिभो एलाभेसविरुद्ध एथ्लेटिको बिल्वाओ (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.