default_image

4 years ago

October 4, 2020

युनाइटेडको मैदानमा टोटेनहम ६-१ ले विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्स्परले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ६-१ को सानदार जित दर्ता गरेको छ । खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर टोटेनहमले अप्रत्याशित […]

49 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्स्परले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ६-१ को सानदार जित दर्ता गरेको छ ।

खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर टोटेनहमले अप्रत्याशित पुनरागमन गर्दै पहिलो हाफमा नै ४-१ को अग्रता बनाउन सफल रहयो ।

खेलको चौथो मिनेटमा नै टांगी एन्डोम्बेलेले खेल बराबरीमा ल्याए । डिफेन्समा बल क्लियर गर्न नसक्दा फ्रान्सेली मिडफिल्डरले पेनाल्टी क्षेत्र भित्रबाट भिडभाडको बीचमा गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेटपछि नै टोटेनहमले अग्रता लियो । ह्यारी केनले छिटो लिएको फ्रिकिकमा कोरियाली फरवार्ड ह्युङ मिन सनले सहजै गोल गरे ।

खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भयो । कर्नरको तयारी गर्ने क्रममा मार्सियलले लामेलामाथि हात उठाएपछि रेफ्रीले रातो कार्ड दिए । त्यसको दुई मिनेटमा नै टोटेनहमले अग्रता दोब्बर पार्यो । सनको क्रसमा केनले गोल गर्दै ३-१ को स्कोर बनाए । ३७ औं मिनेटमा सनले सर्ज औरीएरको पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए ।

दोस्रो हाफको ५१ औं मिनेटमा टोटेनहमले पाँचौ गोल गर्यो । पिएर एमिल होएबिएरको पासलाई सर्ज औरीएरले गोल गर्दै अग्रता फराकिलो बनाए । ७९ औं मिनेटमा टोटेनहमले पेनाल्टीमा गोल गर्ने अवसर पायो । पल पोग्बाले बेन डेभिसलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै स्कोर ६-१ बनाए ।

यस जितपछि टोटेनहम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.