default_image

5 years ago

October 5, 2020

वाटकिन्सको ह्याट्रिकमा लिभरपुलको लज्जास्पद हार

197 views

0 Bookmark

एजेन्सी – ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई लज्जास्पद हार चखाएको छ । घरेलु मैदानमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।


भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनको ब्याक पासमा गोलरक्षक एड्रियनको जोेसेफ गोमेजलाई दिएको पासलाई ज्याक ग्रेयलिसले नियन्त्रणमा लिदै दिएको पासलाई वाटकिन्सले गोल गर्न सफल भएका थिए ।

२२औं मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाए । ३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । नावी केइटाको प्रहारलाई डिफेन्डरले छेकेपनि सलाहले गोल गर्न सफल भएका थिए ।

३५औं मिनेटमा जोन म्याकजिनले गाल गरेपछि भिल्लाले ३–१ को अग्रता लिन सफल भयो । रस बार्कलेको कर्नरलाई डिफेन्डरले क्लियर गरेपनि पेनाल्टी बक्सबाहिरबाट म्याक्जिनले गरेको प्रहार भर्जिल भान डाइकलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

३९औं मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि भिल्लाले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता लिन सफल भएको थियो । रस बार्कलेको फ्रिकिकमा ट्रेजेगुइटको क्रसमा वाटकिन्सले हेडरमार्फत गोल गर्दै ह्याट्रिक परा गरेका थिए ।

५५औं मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्ला फराकिलो जिततर्फ अग्रसर बन्यो । ज्याक ग्रेयलिसको पासमा बार्कलेको प्रहार ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डलाई डिफ्लेक्ट हुदै टप कर्नरबाट गोलमा परिणत हुदा लिभरपुलका गोलरक्षक एड्रियनले रोक्ने कुनै मौका नै पाएन । ६०औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको आशा जीवितै राखे । उनले रोबर्टाे फिर्मिन्होको पासमा गोल गर्न सफल भएका थिए ।

६६औं मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछि प¥यो । रोबर्टाे फिर्मिन्होबाट बल खोस्दै ओली वाटकिन्सको पासमा ज्याकको प्रहार फाविन्होलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।

७५औं मिनेटमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–२ को लज्जास्पल हार चखाए । उनले म्याकजिनको लामो पासमा वान भर्सेस वानको अवस्थामा सहजै गोल गरेका थिए ।

जितसँगै अपराजित रहेको एस्टन भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । १२ अंक जोडेर एभर्टन लिगको शीर्षस्थानमा रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.