default_image

5 years ago

October 5, 2020

लेवान्डोस्कीको चार गोलमा बायर्नको रोमाञ्चक जित

153 views

0 Bookmark

एजेन्सी – अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा बायर्नले हर्था बर्लिनमाथि ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । हर्थाका जोन कोर्डाेवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरेपनि हार टार्न सकेन ।

एलिएन्ज एरिनामा आइतबार राति गोलको वर्षा भएको प्रतिस्पर्धात्मक खेलमा बायर्नले ४०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनब्रीको पासमा गोल गर्न सफल भएका थिए । त्यसअघि ३६औ मिनेटमा थोमस मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

५१औं मिनेटमा लेवान्डोस्कीले क्रिस रिचार्ड्सको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पाहुना टोलीले देलमा २–० ले पछि परेपनि दुई गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक मोडा ल्याएका थिए । ५९औं मिनेटमा म्याथुस कुन्हाको पासमा जोन कोर्डाेबाले गोल गर्दै हर्थालाई खेलमा फर्काउने संकेत दिएका थिए । ७१औं मिनेटमा क्रेजस्टफको पासमा म्याथुस कुन्हाले गोल गर्दै खेललाई २–२ गोको बराबरीमा ल्याए ।

८५आं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्नले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । ८८औं मिनेटमा जेसिक नागनकमले गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत व्यत्तिगत चौथो गोल गरेपछि बायर्नले ४–३ को रोमाञ्चक जित निकाल्न सफल भयो । पेनाल्टी बक्समा लेवान्डोस्की आफैलाई विपक्षी खेलाडीले फल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गरेको थियो ।

यस जितसँगै बायर्न तीन खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजि हर्था ३ अंकसहित १३औं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.