default_image

4 years ago

October 5, 2020

कौटिन्होको गोलमा बार्सिलोना हारबाट जोगियो

एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होको गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले सेभियासँग एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भएको हो । सेभियाका लुक डि जोङले गोेल गर्दा कौटिन्होले बराबरी गोल फर्काएका थिए । आइतबार राति भएको खेलको आठौं मिनेटमा नै […]

51 views

0 Bookmark

एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्होको गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले सेभियासँग एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भएको हो । सेभियाका लुक डि जोङले गोेल गर्दा कौटिन्होले बराबरी गोल फर्काएका थिए ।

आइतबार राति भएको खेलको आठौं मिनेटमा नै लुक डि जोङको गोलबाट सेभियाले बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भएको थियो । सुसोले अन्सु फातीलाई बिट गर्दै गरेको क्रसलाई फ्रान्की डि जोङले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्ररी क्लियर नभएको बललाई पेनाल्टी बक्सभित्रबाट लुक डि जोङले उत्कृष्ट फिनिस गरेका थिए ।

तर, सेभियाको त्यो अग्रता दुई मिनेट पनि टिकेन । १०औं मिनेटमा फिलिपे कौटिन्होले बराबरी गोल फर्काए । कप्तान लियोनेल मेस्सीको चलाखीपुर्ण पासलाई जोडी अल्भाले मिलाईदिएको बललाई कौटिन्होले जाली चुमाएका थिए ।

२१औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्न नसक्दा बार्सिलोनाले अग्रता लिन सकेन । २९औं मिनेटमा अन्सु फातीको प्रहारलाई सेभियाका गोलरक्षक यासिन बोनोउले सहजै नियन्त्रणमा लिए । ३२औं मिनेटमा सेभियाका सुसोको प्रहारले पोस्टको दिशा लिन सकेन । ४३औं मिनेटमा कप्ता लियोनेल मेस्सी गोल नजिक पुगेर चुके ।

५८औं मिनेटमा डिएगो कार्लाेसले सर्जी रोबर्टाेको क्रसलाई कुनै खतरा हुन दिएन । ६३औं मिनेटमा इन न्यास्रीको क्रसलाई डिएगो कार्लाेसले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिदा सेभिया अग्रता लिनबाट चुक्यो । ७३औं मिनेटमा जेसस नाभासको क्रसमा इन न्यास्रीको हेडर पोस्टबाट थोरै बाहिरियो । ८१औं मिनेटमा कप्तान मेस्सीको २० यार्ड टाढाको प्रहारमा गोलरक्षक यासिन बोनोउ बाधक बने ।

लगत्तै ८२औं मिनेटमा फ्रान्की डि जोङले अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्ज्युरी समको थप गरिएको पहिलो मिनेटमा ट्रिन्काहोको प्रहारलाई यासिनले सहजै बचाए । लगत्तै डिएगो कार्लाेसले मेस्सीको प्रहारलाई उत्कृष्ट डिफेन्स गर्दै बार्सिलोनाको गोल टारे । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै अपराजित रहेको बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर पाँचौ तथा समान ७ अंक नै रहेपनि सेभिया गोलअन्तरमा छैटौं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.