default_image

5 years ago

October 5, 2020

मिलानको सहज जित

164 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले स्पेजियामाथि ३–० को सहज जित हात पारेको छ । घरेलु मैदानमा राफयल लियोले दुई तथा थियो हर्नान्डेजले एक गोल गरेपछि मिलानले सहज जित निकालेको हो ।

सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । आइतबार राति भएको खेलमा पाहुना टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । आठौं मिनेटमा राफयल लियोको प्रहारलाई गोलरक्षक राफयलले बचाएपछि मिलान अग्रता लिनबाट चुकेको थियो । १०औं मिनेटमा ब्राहिम डियाजको प्रहारमा पनि गोलरक्षक राफयल नै बाधक बने । १८औं मिनेटमा सिमोन केजाएरको प्रहार पोस्टबाट थोरै बाहिरियो ।

१९औं मिनेटमा डियाजको प्रहारलाई डिफेन्डर रिकार्डाे मारचिन्जाले ब्लक गर्दै मिलानको अग्रता टारे । २१औं मिनेटमा डाभिड क्यालाब्रियाको विपक्षी खेलाडीको प्रहारलाई क्लियर गर्न खोज्दा आफ्नै पोसटतर्फ पुग्दा गोलरक्षक जियानलुजी डोन्नरुम्माले नियन्त्रणमा लिन सफल भए । ४४औं मिनेटमा लोरेन्जो कोलोम्वोको प्रहारलाई एलेक्सिस सेइलमेकर्सले बचाए । लगत्तै रोबर्टाे पिकोलीको प्रहारलाई गोलरक्षक डोन्नररुम्माले बचाउदै स्पेजियाको अग्रता टारे ।

५७औं मिनेटमा राफयल लियोले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । उनले हकान कलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि नै राफल लियोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मिलानलाई ३–० को सहज जित दिलाए ।

जितसँगै अपराजित रहेको मिलान ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समन खेलबाट ९ अंक न रहेको एटलान्टा गोलअन्तरमा शीर्षस्थानमा छ । पराजित स्पेजियन ३ अंकसहित १५औं स्थानमा छ ।

अन्य नतिजा

एटलान्टाविरुद्ध काग्लिएरी (५–२)

बेनेभेन्टोविरुद्ध बोलोग्ना (१–०)

लाजियोविरुद्ध इन्टर मिलान (१–१)

पार्मा क्लासियोविरुद्ध हेलास भेरोना (१–०)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.