default_image

4 years ago

October 5, 2020

एल क्लासिकोमा बार्सिलोनाको जित

एजेन्सी– बार्सिलोनाले महिला लिगमा पहिलो पटक रियल म्याड्रिडको सामना गरेको खेलमा ४–० को सानदार जित दर्ता गरेको छ । महिलातर्फको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई जित दिलाउन प्याट्रिसिया गुइजारो, लिकी मार्टिन्स र एलेक्यिा पुटेलासले गोल गरेका थिए । अर्को एक गोल रियलका खेलाडीले आत्मघाती गरेकी थिइन् । रियलको टोली जुलाईमा मात्र गठन भएको थियो । रियलले भने आफ्नै क्लबको […]

44 views

0 Bookmark

एजेन्सी– बार्सिलोनाले महिला लिगमा पहिलो पटक रियल म्याड्रिडको सामना गरेको खेलमा ४–० को सानदार जित दर्ता गरेको छ ।

महिलातर्फको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई जित दिलाउन प्याट्रिसिया गुइजारो, लिकी मार्टिन्स र एलेक्यिा पुटेलासले गोल गरेका थिए । अर्को एक गोल रियलका खेलाडीले आत्मघाती गरेकी थिइन् । रियलको टोली जुलाईमा मात्र गठन भएको थियो ।

रियलले भने आफ्नै क्लबको नाममा पहिलो सिजन खेल्न लागेको हो । यसअघि सिडी ताकोन क्लबको नाममा खेल्दै आएको टोलीलाई रियलले स्वामित्व खरिद गरेपछि यसै सिजनबाट रियलको नाममा खेल्न लागेको हो । यसअघि ताकोन बार्सिलोनासँग ९–१ र ६–० ले पराजित भएको थियो ।

बार्सिलोना महिला लिगको साविक विजेता हो । कोरोना भाइरसका कारण लिग स्थगित हुनुअघि बार्सिलोना लिग तालिकाको शीर्षस्थानमा रहेका कारण टोलीलाई च्याम्पियन घोषित गरिएको थियो ।
सन् १९८८ देखि सुरु भएको महिला लिगमा १८ टोलीको सहभागिता रहेको छ । युरोपका शीर्ष ६ महिला लिगमध्ये स्पेन पनि एक हो ।

अहिले सम्म १२ अलग अलग क्लब च्याम्पियन बन्दा सबैभन्दा बढी एथलेटिको बिलबाओ र बार्सिलोनाले समान ५ पटक उपाधि जितेका छन् । पुरुषतर्फको एल क्लासिको पनि यसै महिना हुँदैछ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.