9 years ago
September 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको तिनै खेल बराबरीमा टुङ्गिएका छन्।

हल्चोक स्थित एपिएफ रंगशालामा भएको खेलमा श्री कुमारी क्लब र आरसीटीले गोलरहित बराबरी खेले। दिनको पहिलो खेलमा भने पुल्चोक स्पोर्टस क्लब र ब्वाइज युनियन क्लबले १-१को बराबरी खेले। सुशील राईको गोलमा ७औं मिनेटमा अग्रता लिएको ब्वाइज युनियनले अग्रता जोगाउन सकेन। पुल्चोकका लागि नवौं मिनेटमा रुमेश बर्तौलाले बराबरी गोल गरेका थिए।
एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा भएको खेलमा मध्यपुर युथ एसोसिएसन र बाँसबारी क्लबले ३-३को बराबरी खेले। खेलको १६ मिनेटमै ३-०ले अघि बढेको मध्यपुरले जित दर्ता गर्न सकेन। मध्यपुरका लागि सबिन डंगेोलले पहिलो, निशान बस्नेतले चौथो र अनिस श्रेष्ठले सोह्रौ मिनेटमा गोल गरेका थिए।
खेललाई बराबरी गर्न बाँसबारीका अरिक विष्टले मुख्य भुमिका खेलेका थिए। विष्टले २५औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बाँसबारीको आशा जगाएका थिए। ओम बिक्रम घलेले ५९औं मिनेटमी अग्रतालाई घटाएका थिए भने अरिक विष्टले पुन: ८७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]