default_image

4 years ago

October 18, 2020

टोटेनहमलाई वेस्टह्यामको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले वेस्टह्यामको तथा लेस्टर सिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ । यस्तै सेफिल्ड युनाइटेडले फुलहमसँग तथा क्रिस्टल प्यालेसले ब्राइटनसँग आज राति नै प्रतिस्पर्धा गर्दैछ । टोटेनहम र वेस्टह्यामबीचको खेल नेपाली समयअनुसार टोटेनहम हस्टपर स्टेडियममा राति ९ः१५ बजे हुनेछ । घरेलु मैदानमा टोटेनहम […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले वेस्टह्यामको तथा लेस्टर सिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै सेफिल्ड युनाइटेडले फुलहमसँग तथा क्रिस्टल प्यालेसले ब्राइटनसँग आज राति नै प्रतिस्पर्धा गर्दैछ । टोटेनहम र वेस्टह्यामबीचको खेल नेपाली समयअनुसार टोटेनहम हस्टपर स्टेडियममा राति ९ः१५ बजे हुनेछ ।

घरेलु मैदानमा टोटेनहम वेस्टह्यामाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडमाथि ६–१ को सानदार जित निकालेर उच्च मनोबलमा रहेको टोटेनहम सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।

यसै समरमा रियलबाट टोटेनहम आएका फरवार्ड ग्यारेथ बेलको वेस्टह्यामविरुद्ध खेल्न सक्नेछन् । लयमा रहेको ह्युङ मिन सन, ह्यारी केन, लुकास मोउरा, एनडेम्वेले, इरिक लमेला, मोउसा सिसाको, पिएरे इमिल होब्जजर्ग इरिक डाएर र गोलरक्षक तथा कप्तान ह्युगो लोरिस टोलीमा रहनेछ । चोटका कारण सर्जियो रिगुइलोनले खेल्ने सम्भावना न्युन छ ।

यता, औसतको प्रदर्शन गरिरहेको वेस्टह्याम टोटेनहमलाई पनि स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाँउमा हुनेछ । वेस्टह्यामले प्रिमियर लिगमा वल्भ्स र लेस्टर सिटीलाई हराउदा न्युक्यासल र आर्सनलसाग पराजित भएको थियो । टोटेनहमविरुद्ध मिचेल एन्टेनियो, पाब्लो फोनल्स, जारोड बोवेन, डिक्लन रिस, थोमस सोउसेक, आरोना क्रेसवेल र एन्जेलो ओग्बोन्नालगायतका खेलाडी हुनेछन् ।

वेस्टह्याम ४ खेलबाट ६ अंक जोडेर १२औ स्थानमा रहेको छ । सातौं स्थानको टोटेनहमको ४ खेलमा ७ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.