नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन ।
बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए ।
पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता गरेका नेमारले बार्सिलोनामा बस्न थोरै पैसाको प्रस्ताब स्विकारेका छन ।