5 years ago
October 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । शेर्पाले बिहीबार पिसिरआर टेष्टको रिर्पोट पोजेटिभ आएको बताएका छन् ।

३ दिन असजिलो महसुस गरेयता होम आइसोलेसनमा रहेको जनाउँदै शेर्पाले पिसिआर टेष्ट गराएको बताए । अहिले भने आफुमा कुनै लक्षण नरहेको शेर्पाले जनाएका छन् । उनले आफ्नो संम्पर्कमा आउनेलाई सचेत रहन पनि आग्रह गरेका छन् ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष र नेपाल ओलम्पिक कमिटी (एनओसी) का उप महासचिव पिताम्बर तिम्सिनालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सन्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । तिम्सिनाले आफनो सम्पर्कमा रहेकालाई विशेष आवधानी अपनाउन आग्रह गरेका छन् ।

नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीको परिवारलाई कोरोना संक्रमण भएको छ । सुवेदीले आफु र उनी श्रीमतिलाई सामान्य लक्षण र छोरालाई विना लक्षण संक्रमण भएको जनाएका छन् ।
यसअघि कोरोना संक्रमण देखिएका खेलाडी खेलकर्मी भने कोरोना मुक्त भइसकेका छन् । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जीतबहादुर केसी, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

यसैगरि ओलम्पियन नैयना शाक्य, उनका श्रीमान राष्ट्रिय महिला बास्केबल टोलीका प्रशिक्षक विकास शाही, स्क्वासका प्रशिक्षक हिरा थापा, फुटबल खेलाडी विशाल श्रेष्ठ, एरिक विष्टले पनि कोरोना संक्रमणलाई जितिसकेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]