9 years ago
September 11, 2016
बार्सिलोना (एजेन्सी) – लियोन मेसी र लुइस स्वारेजलाई पहिलो रोजाइमा नराखेको स्पेनिस ला लिगाको गएरातीको खेलमा बार्सिलोना नयाँ टोली अल्भाससँग २–१ ले पराजित भएको छ ।
ब्राजिलियन फरवार्ड ब्रुम सिल्भा अकोस्टाले पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा गोल गरेर नोउ क्याम्पमा बार्सिलोना समर्थकलाई निराश पारेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै जेरेमी माथुइले नेइमारको कर्नरमा हेडमार्फत गोल गर्दै साविक विजेतालाई खेलमा फर्काएका थिए । तर गोमेज पेरेजले ६४ औं मिनेटमा गरेको गोल गरेको निर्णायक बन्यो र बार्सिलोनाले आफ्नो तेस्रो खेलमा पहिलो हार स्वीकार्नु परेको थियो ।

बार्सिलोनाका डेब्यू गरेको गोलकिपर जासपरलाई विट गर्दै पेरेजले गोल गरे थिए । खेलमा पछि परेपछि मेसीलाई मैदान उतारेपनि त्यसको प्रभाव परेन । प्रशिक्षक लुइस इन्रिकेले स्वारेज पनि मैदान प्रवेश गराएपछि आल्भेसले सन् २००० पछि पहिलो पटक बार्सिलोनाको मैदानमा जित हासिल गरेको थियो ।
शीर्षस्थानको रियल मड्रिडको भन्दा बार्सिलोनाको ३ अंक कम छ । लगातार तेस्रो खेल जित्ने क्रममा रियलले ओसासुनालाई ५–२ ले हराएको थियो । चोटमुक्त भएर फर्केको पहिलो खेलमै क्रिस्टियानो रोनाल्डोले रियलका लागि पहिलो गोल गरेका थिए ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]