5 years ago
October 26, 2020
एजेन्सी – एल क्लासिकोमा रियल म्याड्रिडले पेनाल्टी पाउनुलाई सहि निर्णय भएको कप्तान सर्जियो रामोसले संकेत गरेका छन् । क्याम्प नोउमा शनिबारको खेलको ५८ औं मिनेटमा रक्षकलाई क्लेमेन्ट लेग्लेटले फाउल गरेपछि भिएआर रिभ्युमा रेफ्री जुवान मार्टिनेज मुन्युराले रियललाई पेनाल्टी दिएका थिए ।

बार्सिलोनाका प्रशिक्षक तथा खेलाडीले भने पेनाल्टीको निर्णयको विरोध गरेका छन् । रामोसले पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेलमा रियल २–१ ले अगाडि लागेको थियो । खेलमा रियल ३–१ ले विजयी भएको थियो ।
‘मलाई लाग्छ त्यो प्रष्ट पेनाल्टी थियो । म जति बेला उफ्रिए त्यति बेला उनले मलाई जोडले ताने । त्यस्तो प्रष्ट घटनामा रेफ्रीको आलोचना हुन सहि होइन,’ रामोसले भने,’ २–१ ले अगाडि लागेपछि हाम्रो मनोबल थप उच्च भएको थियो ।’
चोटका कारण रामोसले अघिल्लो साता शाख्तार डोनेक्सविरुद्धको च्याम्पियन्स लिगको खेल खेलेनन् । प्रशिक्षक जिनेदिन जिदान र उनको टोली ला लिगा र च्याम्पियन्स लिगमा गरि लगातार दुई खेलमा पराजय भोग्दै दबाबका साथ बार्सिलोनोविरुद्ध उत्रेको थियो ।

‘क्लासिको अहिले पनि फरक मौका हो । कस्तो शारीरिक अवस्थाबाट खेलमा गएका छौं भन्नेको त्यसको खासै अर्थ हुँदैन । त्यहाँ अहिजे पनि थप मनोबल हुन्छ,’ उनले थपे, खराब सातापछि हामी थप बलियो भएर आएका थियौं । हामीले आफैलाई दोष दिएर बस्ने यो समय होइन । सिजन भरमा खराब नतिजा पनि भाग्नुपर्ने हुन्छ । त्यसमध्ये पछिल्लो साता एक हो ।’
क्लासिकोको जितले मनोबल उच्च भएको पनि रामोसले बताएका छन् । उनले प्रष्ट पारे ,’ हामी माथि कसरी आलोचना हुँदैन भन्ने बुझेका छौं । तर , हामीले यो नतिजालाई निरन्तरता दिनुपर्दछ । चिर प्रतिद्न्द्वििरुद्धको खेलमा उनीहरुकै मैदानमा जित्नु सधै उत्साहजनक हुन्छ ।’
आफ्नो १६ रियलको अनुभवमा एकै साता दुई खेलमा दबाब झेलेको यसै पटक भएको रामोसले स्मरण गरे । उनले भने, ‘तर त्यो खराब नजिताले लक्ष्यमा भने परिवर्तन भएको छैन । अब हामीले एकै सातामा ३ खेल जित्नुपर्नेछ । च्याम्पियन्स लिगका लागि यो जितले मद्दत पुग्नेछ ।’
यो पनि : ‘भीएआर बार्सिलोनाको विरुद्ध मात्र प्रयोग’ – कोम्यान
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]