default_image

5 years ago

October 28, 2020

फेलिक्स चम्कँदा एटलेटिको विजयी

187 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेपछि एटलेटिको म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगमा रेड बुल साल्जबर्गमाथि ३-२ को जित हासिल गरेको छ ।

एटलेटिकोले खेलको २९ औं मिनेटमा नै मार्कोस लोरेन्टेको गोलमा अग्रता लिएको थियो । उनले मिडफिल्डबाट बल अघि बढाउँदै गरेको प्रहार गोलरक्षक सिसान स्तान्कोभिचले बचाउन सकेनन् । अग्रता लिएको केहिबेर पछि नै लोरेन्टे वन भर्सेस वनको अवस्थामा भने सफल भएनन् ।

४० औं मिनेटमा युवा मिडफिल्डर डोमिनिक सोबोस्ज्लाईले खेल बराबरीमा ल्याए । मिडफिल्डमा बल खोसेपछि प्राप्त बललाई डोमोनिकले गोलमा परिणत गरेका थिए । दोस्रो हाफको सुरुवातमै पाहुना टोली साल्ज्बर्गले अग्रता लियो । मेर्गिम बेरिशाको प्रहार फिलिपेलाई लाग्दै गोल भएपछि एटलेटिको २-१ ले पछि परेको थियो ।

५२ औं मिनेटमा फेलिक्सले बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । एन्जल कोर्रियाको क्रसलाई उनले सहजै ट्याप इन गोल गरेका थिए । खेलको ५ मिनेट समय बाँकी रहँदा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गरे । उनले थोमस लेमारको क्रसलाई गोलमा परिणत गर्दै जारी सिजन पहिलो जित दिलाए ।

प्रशिक्षक डिएगो सिमिओनीले फेलिक्सले एटलेटिको आएदेखिको उत्कृष्ट प्रदर्शन आज गरेको बताए । ‘आजको खेलको महत्त्वले गर्दापनि आज फेलिक्सको प्रदर्शन एटलेटिको जर्सीमा हालसम्मकै उत्कृष्ट थियो । उनले अरु खेल पनि यसै स्तरमा खेलेका छन् । तर आज उनी पूरा समय एकै लयमा खेल्न सफल रहे,’ सिमिओनीले थपे ।

एटलेटिको पहिलो खेलमा बायर्नसँग ४-० ले पराजित भएको थियो । बायर्नले आफ्नो खेलमा लोकोमोटिभ मस्कोलाई २-१ ले पराजित गर्दै शत प्रतिशत जितको सिलसिला कायम राख्यो । बायर्न २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । एटलेटिको ३ अंकसहित दोस्रो स्थानमा रहँदा मस्को र साल्जबर्गको १-१ अंक रहेको छ ।

यो पनि : बायर्नको लगातार १३ औं जित

लिभरपुलको जितमा थपियो चोटको चिन्ता

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.